latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), १० वैशाख

पाल्पाको रामपुरमा गर्भावस्था देखि सुत्केरी अवस्थासम्म सेवाको निरन्तरताको लागि संचालन भएको जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुसंग छलफल तथा अभिमुखिकरण कार्यक्रम सकिएको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शनिवार र आईतवार कार्यक्रम भएको हो । सामाजिक विकास समिति संयोजक सिमादेवी रानाको अध्यक्षतामा आईतवार कार्यक्रम समापन गरिएको छ । समापन कार्यक्रमका अवसरमा रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेय, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरे, गाँडाकोट स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेख, गेझा स्वास्थ्य चौकीका अनमी शर्मिला भण्डारी लगायतले बोल्नुहुदै आफ्नो कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
रामपुर नगरपालिका भित्रका नर्सिङ कर्मचारीलाई लक्षित गरी तालिम दिइएको हो । पाल्पा अस्पतालका बरिष्ठ नर्सिङ निरिक्षक लक्ष्मी जिसी कार्की र करिश्मा सिंले गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म गर्नुपर्ने स्याहार र सेवाका बारेमा सहभागीलाई सहजिकरण गर्नुभएको छ । समापन कार्यक्रमको संचालन नगरपालिकाका नर्सिङ निरिक्षक पुनम धितालले गर्नुभएको हो ।
शनिवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कार्यक्रमको उद्घाटन गर्नुहुदै स्वास्थ्य जस्तो संवेदनशील कुरामा सेवामुखी भावनाले सेवा दिन स्वास्थ्यकर्मीलाई अनुरोध गर्नुहुदै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन अन्य पालिकाको तुलनामा आन्तरिक श्रोतबाट नगरपालिकाले जनशक्ति व्यवस्थापन गरी सेवाको दायरा फराकिलो बनाउँदै गएको बताउनुभएको छ । नगरपालिका उपप्रमुख बालकुमारी थापाले स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा संचालन गर्दै जाने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय