शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं, वैशाख ३

नेकपा एमालेका नेता ठाकुर गैरेले पाल्पाकाे सामुदायिक डाइलाइसिस सेन्टरमा तुरून्त रकम पठाइ सेवा नियमित हुने व्यवस्था गराउन सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद गैरेले सोधे, पाल्पाकाे सामुदायिक डाइलाइसिस सेन्टर, लमही र स्याङ्जाकाे सेन्टरमा समेत मृगाैला पीडितहरूले गर्दै अाएकाे डाइलाइसिस सेवालाइ वैशाख १० गतेबाट सरकारले पठाउनुपर्ने पैसा नपठाएकाे कारणले बन्द हुने सूचना टाँस गरिएकाे छ । यस क्षेत्रका मृगाैला राेगीहरू यस सूचनाबाट अत्यन्त पीडित हुनुहुन्छ, अातंकित हुनुहुन्छ । म सरकारकाे गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । समस्या के हाे, सरकारकाे तर्फबाट पठाउनुपर्ने पैसा पठाइ पीडितहरूले सेवा पाउने सुनिश्चितता गरियाेस् ।

साेही समयमा सांसद गैरेले भने यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएका थिए ।

 ‘नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा प¥यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो ?’

संसद चलिरहेका बेला प्रधानमन्त्रीले यस्ता विषय संसदमा जानकारी गराउनुपर्ने सांसद गैरेले बताए । ‘यो सार्वभौम संसद चलिरहेका बेलामा प्रधानमन्त्रीले यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा आउन पर्‍यो सदनलाई जानकारी गराउनुपर्छ’ उनले भने ।

उनले अगाडि सोधे, ‘कसले व्यवस्था उल्ट्याउन खोज्यो, कसको कारणले संकट पैदा भएको हो ?’ सांसद गैरेले व्यवस्थामाथि भएका सबै चुनौती सामना गर्न संसद तयार हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय