latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा), १ वैशाख

नयाँवर्ष २०८० सालको अवसरमा रामपुर नगरपालिका ६ स्थित पर्यटकियस्थल तालपोखरामा तालपोखरा विशेष उत्सव विविध साँस्कृतिक कार्यक्रम सुरु भएको छ । दुईदिन सम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रियकलाकरहरुको प्रस्तुति चलिरहेको छ ।

तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो । प्रदेश सभा सदस्य श्रेष्ठले रामपुर क्षेत्रको पर्यटन विकास तथा पहिचानका लागि तालपोखराले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले तालपोखरासंगै नगरभित्रका पर्यटकियस्थलहरुको उचित व्यवस्थापन गरी प्रचार प्रसार गर्न सकेमा रामपुरमा पर्यटकीय आकर्षण थप बढ्ने बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन लोक तथा दोहोरी गायिका मञ्जु पौडेल, कला लम्साल, गायक कृष्ण सुवेदी, नृत्यकार वर्षा क्षेत्री र गायक संकल्प लामिछानेको प्रस्तुती रहेको छ भने दोस्रो दिन वैशाख २ गते राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनी लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । उट्घाटन कार्यक्रम समितिका उपाध्यक्ष मित्रा ढकालको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सदस्य जनक भण्डारी र गायिका मञ्जु पौडेलले गर्नु भएको हो ।

नयाँ वर्षको अवसरमा हजारौं व्यक्तिहरु तालपोखरा पुगेका थिए । तालपोखरामा डुङ्गा सयर गर्ने तथा पार्कमा रमाउने पुग्नेहरुको घुँईचो देखिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय