latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), १ वैशाख

रामपुर नगरपालिका वडा नं १० होस्दीको फुलवारीमा नयाँवर्ष २०८० को पावन अवसरमा ज्वालादेवी मन्दिर संरक्षण समितिको आठाैं वार्षिकोत्सव तथा ज्वालामाई मन्दिरको शिलान्यास कार्यक्रम भएको छ । ज्वालादेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष भुपराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ रहनुभएको हो ।

प्रदेश सभा सदस्य श्रेष्ठले मन्दिरको शिलान्यास गर्नुहुदै पछिल्लो समय भौतिकवादले समस्या भएको, पश्चिमा संस्कृतिले विभिन्न विकृती ल्याएको हुदा धार्मिक कार्यका गतिविधिले विकृती विसंगती रोक्न सघाउ पुग्ने बताउनुभएको छ । विकासमा एकजुट हुन सकिएन भने पछाडी परिने बताउनुहुदै सबैको साथ सहयोगमा विकासका काम गर्ने, कालिगण्डकी करिडोरले यो क्षेत्रमा ठुलो विकासका गतिविधि अगाडी बढेको हुदा यस सडक आसपासका क्षेत्रमा योजनाबद्द तरिकाले विकासमुलक काम गर्नुपर्नेमा प्रदेश सभा सदस्य श्रेष्ठले जोड दिनुभएको छ । उहाले कालिगण्डकी नदीको प्रवद्र्धन गर्दै नव प्रवद्र्धन मार्ग अन्तर्गत रामपुर नगरपालिका र रम्भा गाउपालिमा पर्ने यस नदीको किनारमा पैदलमार्ग बनाउने योजना लुम्बिनी प्रदेश सरकारले योजना ल्याएको र साथै कालीगण्डकी करिडोर र मदनभण्डारी मार्गलाइ जोडेर यो क्षेत्रलाई पर्यकिय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभएको छ ।

ज्वालादेवी मन्दिर संरक्षण समितिका सचिव निरबहादुर रानाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन रामपुर नगरपालिकाका योजना शाखा प्रमुख बिक्रम बस्नेतले गर्नुभएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ, भुमि आयोग पाल्पाका सदस्य कृष्णप्रसाद अधिकारी, रामपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष तोयानाथ सारु, मन्दिरका निवर्तमान अध्यक्ष ज्ञानप्रसाद भण्डारी, पत्रकार सुशीला रेग्मीलाई सम्मान गरिएको छ । कार्यक्रममा भुमि आयोग पाल्पाका सदस्य कृष्णप्रसाद अधिकारी, रामपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष तोयानाथ सारु, मन्दिरका निवर्तमान अध्यक्ष ज्ञानप्रसाद भण्डारी लगायतले बोल्दै शुभकामना दिनुभएको छ । नयाँ बन्न लागेको मन्दिरका लागि मन्दिरका अध्यक्ष भुपराज बस्याल र उहाँका बुबा श्यामलाल बस्याल, आमा श्यामकुमारी बस्यालको परिवारबाट एक लाख सात सय रकम सहयोग गर्नुभएको छ ।

सहयोगदातालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कालिगण्डकी नदीको किनारमा रहेको यस क्षेत्रलाई एकीकृत धार्मिक, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना छ । यहाँ ज्वालादेवी, बराहदेवी मन्दिर छन् । साथै कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठलाई पाँच सय अधम्बरा बिरकोट जोड्ने सडक, होस्दी मगरे जोड्ने सडक स्तरोन्नतिका लागि मागपत्र स्थानीयमार्फत पेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय