latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), १ वैशाख

रामपुर नगरपालिका वडा नं १० होस्दीको फुलवारीमा नयाँवर्ष २०८० को पावन अवसरमा ज्वालादेवी मन्दिर संरक्षण समितिको आठाैं वार्षिकोत्सव तथा ज्वालामाई मन्दिरको शिलान्यास कार्यक्रम भएको छ । ज्वालादेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष भुपराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ रहनुभएको हो ।

प्रदेश सभा सदस्य श्रेष्ठले मन्दिरको शिलान्यास गर्नुहुदै पछिल्लो समय भौतिकवादले समस्या भएको, पश्चिमा संस्कृतिले विभिन्न विकृती ल्याएको हुदा धार्मिक कार्यका गतिविधिले विकृती विसंगती रोक्न सघाउ पुग्ने बताउनुभएको छ । विकासमा एकजुट हुन सकिएन भने पछाडी परिने बताउनुहुदै सबैको साथ सहयोगमा विकासका काम गर्ने, कालिगण्डकी करिडोरले यो क्षेत्रमा ठुलो विकासका गतिविधि अगाडी बढेको हुदा यस सडक आसपासका क्षेत्रमा योजनाबद्द तरिकाले विकासमुलक काम गर्नुपर्नेमा प्रदेश सभा सदस्य श्रेष्ठले जोड दिनुभएको छ । उहाले कालिगण्डकी नदीको प्रवद्र्धन गर्दै नव प्रवद्र्धन मार्ग अन्तर्गत रामपुर नगरपालिका र रम्भा गाउपालिमा पर्ने यस नदीको किनारमा पैदलमार्ग बनाउने योजना लुम्बिनी प्रदेश सरकारले योजना ल्याएको र साथै कालीगण्डकी करिडोर र मदनभण्डारी मार्गलाइ जोडेर यो क्षेत्रलाई पर्यकिय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभएको छ ।

ज्वालादेवी मन्दिर संरक्षण समितिका सचिव निरबहादुर रानाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन रामपुर नगरपालिकाका योजना शाखा प्रमुख बिक्रम बस्नेतले गर्नुभएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ, भुमि आयोग पाल्पाका सदस्य कृष्णप्रसाद अधिकारी, रामपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष तोयानाथ सारु, मन्दिरका निवर्तमान अध्यक्ष ज्ञानप्रसाद भण्डारी, पत्रकार सुशीला रेग्मीलाई सम्मान गरिएको छ । कार्यक्रममा भुमि आयोग पाल्पाका सदस्य कृष्णप्रसाद अधिकारी, रामपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष तोयानाथ सारु, मन्दिरका निवर्तमान अध्यक्ष ज्ञानप्रसाद भण्डारी लगायतले बोल्दै शुभकामना दिनुभएको छ । नयाँ बन्न लागेको मन्दिरका लागि मन्दिरका अध्यक्ष भुपराज बस्याल र उहाँका बुबा श्यामलाल बस्याल, आमा श्यामकुमारी बस्यालको परिवारबाट एक लाख सात सय रकम सहयोग गर्नुभएको छ ।

सहयोगदातालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कालिगण्डकी नदीको किनारमा रहेको यस क्षेत्रलाई एकीकृत धार्मिक, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना छ । यहाँ ज्वालादेवी, बराहदेवी मन्दिर छन् । साथै कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठलाई पाँच सय अधम्बरा बिरकोट जोड्ने सडक, होस्दी मगरे जोड्ने सडक स्तरोन्नतिका लागि मागपत्र स्थानीयमार्फत पेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय