latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पोखरा, चैत २८

पाल्पाली समाज पोखराको अध्यक्षमा बालचन्द्र परियार निर्वाचित भएका छन् । संस्थाको २० औं साधारणसभा तथा ११ औं अधिवेशनले परियारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो ।
संस्थाको महिला उपाध्यक्षमा उमा सापकोटा सर्वसम्मत भएकोमा उपाध्यक्षहरुमा श्रीधर पराजुली, केशव नेपाल र अनन्त अधिकारी छन् । प्रथम, द्वितीय र तृतीय उपाध्यक्षको वर्गीकरण टुंगाउने जिम्मा नेतृत्वलाई दिइएको छ । महासचिवमा सञ्जय आत्रेय, उपमहासचिव रमेश पौडेल, सचिव युमाया पचभैया र किरण पाण्डे, सहसचिव गीतादेवी शर्मा र सुमन आचार्य, कोषाध्यक्ष पदमप्रसाद पोखरेल र सहकोषाध्यक्ष गिरिराज पोखरेल छन् ।
सदस्यमा धनबहादुर झेंडी, दामोदर बस्याल, पिताम्बर तिमिल्सिना, कृष्णप्रसाद मिश्र, बुद्धिप्रसाद न्यौपाने, भुवन लोहनी, डा। खेमराज अधिकारी, इन्दिरा कँडेल, सम्झना अर्याल, सीता राना, अनुपमान कर्माचार्य, मनिला राना, दीपक सुवेदी र तिलबहादुर थापा चयन भए ।
पूर्व अध्यक्ष बाबुराम खनाल संयोजक रहेको निर्वाचन समिति सदस्यमा पूर्व अध्यक्षहरु ताराप्रसाद पोखरेल, जगदीश गौतम, नारायणप्रसाद पौडेल र कानुनी सल्लाहकार विष्णुप्रसाद लम्साल थिए ।
नवनिर्वाचित अध्यक्ष परियारले संस्थालाई डिजिटल प्रविधिमा लैजाने तथा भोक राहत कोष स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । डिजिटल प्रविधिको लागि पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल र भोक राहत कोषका लागि महासचिव संजय आत्रेयलाई संयोजक जिम्मा दिइएको छ ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पाल्पाले गर्व गर्नलायक धेरै काम गरेको बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पंगेनी, गण्डकी प्रदेश कार्यालयका सचिव अणप्रसाद न्यौपाने, रामपुर वडा १ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कपिल खाँण, रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, गुल्मेली समाज पोखराका अध्यक्ष नारायणप्रसाद न्यौपाने लगायतले पाल्पालीले पोखरामा आइ उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु चिरञ्जीवी श्रेष्ठ, जगदीश गौतम, ताराप्रसाद पोखरेल, कुलप्रसाद घिमिरे, सल्लाहकारहरु जनपुकार मुनकर्मी, डा। यज्ञमान शाक्य, युवाउद्यमी मनोहर श्रेष्ठ लगायतले बोलेका थिए ।
सो अवसरमा समाजको हितका उल्लेख्य योगदान पु¥याएकोमा निवर्तमान अध्यक्ष एवं पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरेलाई सम्मानपत्र गरियो । समाजका अध्यक्ष रेशम रचकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष बालचन्द्र परियार र संचालन महासचिव केशव नेपालले गरेका थिए । सहयोगीलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय