latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

‘पाल्पाको भाषा, कला, साहित्य र संस्कृति’ कृतिकाे नारी साहित्य तथा साँस्कृतिक प्रतिष्ठान पाल्पाले सार्वजनिक गरेकाे छ । २० वटा खोजमुलक लेख समेटिएको कृतिकाे लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बीरबहादुर रानाले विमाेचन गर्नुभएकाे हाे ।

भाषा, लिपी, साहित्य, संस्कृति, इतिहास, नारी स्रष्टा, मगर भाषा, जाति, संस्कृतिका विषयलाई पुस्तकमा समेटिएको छ । खोजमुलक तथा अनुसन्धानमुलक पुस्तकको समिक्षा उपप्राध्यापक पुष्कर आचार्यले गर्नुभयो । सोही अवसरमा खोजमुलक लेख रचना उपलब्ध गराउने २० जना लेखक तथा साहित्यकारहरुलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री रानाले साहित्यको क्षेत्रमा कलम चलाउने नारी श्रष्टाहरुबाट पाल्पाको साहित्यमा दिएको योगदान अतुलनीय रहेको बताउँदै साहित्यले मान्छेलाई हरेक ढंगबाट क्रियाशील बनाउने गरेको बताउनुभयो । अब अर्काको कुरा काटेर नभई आफ्नो काम गरेर नै अघि बढ्न सकिन्छ भन्ने देखाउनुपर्ने बेला आएको बताउँदै साहित्यका क्षेत्रमा भएका उल्लेखनीय कार्यहरुको प्रशंसा गर्नुभयो ।

संस्थाको परिचय गराउनुका साथै कार्यक्रमको सन्दर्भ उठाउन गरी औचित्यमा प्रकाश पार्दै प्रतिष्ठानकी अध्यक्ष मन गहिरेले पुस्तकमा समेटिएका सामग्री र पुस्तक प्रकाशनको सन्दर्भलाई समेत उहाँले प्रकाश पार्नुभयो । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने काम त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्राध्यापक पुष्कर आचार्यले गर्नुभयो । पाल्पाको साहित्य, कला र संस्कृतिका क्षेत्रमा पछिल्लो समयमा जागरण आएको विचार उहाँले व्यक्त गर्नुभयो । विभिन्न बीस जना स्रष्टाका लेखहरू कृतिमा रहेको, धेरै अनुसन्धानमूलक र केही निजात्मक प्रकृतिका लेखहरू रहेको कुरा उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा साहित्यकार विजया पन्त, पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराई, लेखक तथा इतिहासविद् निर्मल श्रेष्ठले लेखनमा लाग्नेहरू हात्तीको चालमा लसलस हिँड्नुपर्ने बताउँदै साहित्य इतिहासका सम्बन्ध सिङ्गो कृति आउनुपर्ने विचार व्यक्त गर्नुभयो । पत्रकार महासंघका पूर्व सभापति गोविन्द भट्टराईले साहित्यका माध्यमबाट व्यक्ति महामानव बन्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष मन गहिरेको अध्यक्षता र प्रतिष्ठानकी सचिव मञ्जु कोइरालाको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय