latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

पाल्पा, २१ चैत
पाल्पामा पशुमा लाग्ने लुम्पी स्किन रोग फौलिएको छ । जिल्लाको माथागढी, तिनाउ, बगनासकाली र रिब्दीकोट गाउँपालिकामा यो रोग देखिएको छ । जिल्लामा करिब दुई साता अघिदेखी यो रोग फेला परेको र हालसम्म करिब एक सय बढी पशुमा रोग फेला परेको भेटेनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाल्पाका निमित्त कार्यालय प्रमुख दुर्गा प्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार यो रोग लागेपछि छाला सुन्निने, गिर्खा पर्ने, घाऊ हुने, रगत बग्ने, ज्वरो आउने, पशु दुब्लाउदै जाने, पशु झोक्रिने जस्ता लक्षणहरु देखिन्छन् । बिशेषगरि यो रोगले गाई, गोरुलाई बढी आक्रमण गरेको छ । भने, भैसीमा समेत भेटिएको पाइएको छ । रोग भाइरसको माध्यमले सर्ने हुनाले भुसुना, झिगाले एक पशुबाट अर्को पशुसम्म पुर्याउने गर्दछन् ।
लुम्पी स्किन रोगको हालसम्म कुनै प्रकारको भ्याक्सिन बनेको छैन् । यो सरुवा रोग भएकाले रोगी पशुलाई निरोगी पशुको सम्पर्कमा ल्याउन नहुने तथा थरीमा फिनेल छर्नुपर्ने निमित्त प्रमुख खनालले बताउनुभयो । उहाँले स्थानीय तहसंग मिलेर रोगी पशुलाई लक्षणका आधारमा उपचार गरिएको बताउनुभयो ।
यो रोग लागेका पशुको मृत्युदर कम रहेकाले डराइहाल्नु पर्ने अवस्था नरहेको । यो रोगले उन्नत जातका पशुलाई भन्दा स्थानीय जातका पशुलाई बढी आक्रमण गर्ने गरेको निमित्त प्रमुख खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय