latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, २१ चैत
पाल्पामा पशुमा लाग्ने लुम्पी स्किन रोग फौलिएको छ । जिल्लाको माथागढी, तिनाउ, बगनासकाली र रिब्दीकोट गाउँपालिकामा यो रोग देखिएको छ । जिल्लामा करिब दुई साता अघिदेखी यो रोग फेला परेको र हालसम्म करिब एक सय बढी पशुमा रोग फेला परेको भेटेनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाल्पाका निमित्त कार्यालय प्रमुख दुर्गा प्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार यो रोग लागेपछि छाला सुन्निने, गिर्खा पर्ने, घाऊ हुने, रगत बग्ने, ज्वरो आउने, पशु दुब्लाउदै जाने, पशु झोक्रिने जस्ता लक्षणहरु देखिन्छन् । बिशेषगरि यो रोगले गाई, गोरुलाई बढी आक्रमण गरेको छ । भने, भैसीमा समेत भेटिएको पाइएको छ । रोग भाइरसको माध्यमले सर्ने हुनाले भुसुना, झिगाले एक पशुबाट अर्को पशुसम्म पुर्याउने गर्दछन् ।
लुम्पी स्किन रोगको हालसम्म कुनै प्रकारको भ्याक्सिन बनेको छैन् । यो सरुवा रोग भएकाले रोगी पशुलाई निरोगी पशुको सम्पर्कमा ल्याउन नहुने तथा थरीमा फिनेल छर्नुपर्ने निमित्त प्रमुख खनालले बताउनुभयो । उहाँले स्थानीय तहसंग मिलेर रोगी पशुलाई लक्षणका आधारमा उपचार गरिएको बताउनुभयो ।
यो रोग लागेका पशुको मृत्युदर कम रहेकाले डराइहाल्नु पर्ने अवस्था नरहेको । यो रोगले उन्नत जातका पशुलाई भन्दा स्थानीय जातका पशुलाई बढी आक्रमण गर्ने गरेको निमित्त प्रमुख खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय