डा. टंक प्रसाद पन्थको कृति पाल्पाको साहित्येतिहास र अन्य समालोचना लाेकार्पण भएको छ । जिल्ला समन्वय समिति पाल्पामा प्रमुख टंकनाथ खनालले कृतिकाे लोकापर्ण गरेका हुन् ।

कृतिको लोकापर्ण गर्दै समन्वय समितिका प्रमुख खनालले कृतिले पाल्पाको साहित्यबारे जानकारी लिन, सोध खोज अनुसन्धान गर्न ठूलो सहयोग पुगेको बताए । कृति विमोचन कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले कृतिले पाल्पाको साहित्यमा नयाँ ईट्टा थपेको बताए । पछिल्लो समयमा नयाँ–नयाँ पुस्ताहरु पनि साहित्यिक गतिविधीतर्फ आकर्षण भएकोले साहित्यमा लाग्ने सबैको लागि एकपटक पढ्नै पर्ने विषयबस्तुहरु रहेकाे भट्टराइले बताए ।

पुस्तकमा ११ वटा लेखहरु रहेका छन्। पहिलो लेखमा पाल्पाको साहित्य र अन्य १० लेखमा देशका चर्चित साहित्यकारहरुको समालोचना रहेको कृतिकार डा. पन्थले बताए । कृतिको मूल्य ४ सय रुपैयाँ रहेको छ ।

उपप्रध्यापक डा. शंकर गैरेले कृति सबैका लागि प्रेरणाको श्रोत रहेको बताए । कार्यक्रममा साहित्यकारहरु ईन्दिरा ज्ञवाली, फणिन्द्र बस्याल, हरि भट्टराई, उपप्राध्यापक भेषराज सुवेदी, पुर्व क्याम्पस प्रमुख जीवन बहादुर थापा, अधिवक्ता लोकनाथ पन्थ, शिक्षाविद बुद्धि प्रसाद शर्मा लगायतले लेखक पन्तलाई शुभकामना व्यक्त गरे ।

धवल पुस्तकालय पाल्पाले प्रकाशन गरेकाे कृति लाेकार्पण पुस्तकालयका अध्यक्ष युवराज पौडेलेको अध्यक्षता, कोषाध्यक्ष सन्तोष खनालको स्वागत, महासचिव राजेश कुमार अर्यालयको सञ्चालनमा भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय