पाल्पाका दुई उद्यमी सम्मानित भएका छन् । १२औँ उद्योग दिवसका अवसरमा उद्यमीलाई नगद पुरस्कारसहितसम्मान गरिएको हो ।
जिल्लामा उद्यमशीलता, उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्याएका तानसेन नगरपालिका–४ का पौड्यालढाका उद्योगका सञ्चालक मनोजराज शर्मा पौड्याल र रामपुर नगरपालिका–६ स्थित कृष्ण उन्नत भैँसी विकासतथा बीउबिजन उत्पादन स्रोत केन्द्रका सञ्चालक कृष्णकुमार अर्याललाई उत्कृष्ट उद्यमीका रूपमा सम्मानितगरिएको हो ।



घरेलु कार्यालयका वरिष्ठ उद्योग अधिकृत केशवबहादुर सुनारका अनुसार, उनीहरूलाई जनही रु ३५ हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभासदस्यद्वय वीरबहादुर राना र खेमबहादुर सारु तथा वरिष्ठ उद्योग अधिकृत सुनारले उनीहरूलाई सम्मान गरेका हुन्।
रामपुरका अर्यालले दुई दशकदेखि गाईभैँसीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका छन् ।पशुपालनलाई आयआर्जन र रोजगारीको माध्यम बनाएका उनले अहिले आफ्नो फार्ममा उन्नत जातका ५० वटागाईभैँसी पालेका छन् । उनको फार्ममा चार जनाले नियमित र कामको चापअनुसार थप १० देखि २० जनासम्मलेरोजगारी पाएका छन् ।
पशुपालनबाटै परिवारको आर्थिक अवस्था सुधार गर्न सफल अर्यालले यही व्यवसायको आम्दानीबाट छोरालाईएमबिबिएस चिकित्सक र छोरीलाई बीएन नर्सिङ अध्ययन गराउन सकेको बताए । व्यवसायबाट आर्थिकआत्मनिर्भरता मात्र नभई सामाजिक प्रतिष्ठासमेत प्राप्त भएको उनको भनाइ छ ।
यता, पाल्पाको मौलिक पहिचानसँग जोडिएको ढाका उद्योगको संरक्षण र प्रवर्द्धनमा पौड्यालको महत्त्वपूर्णयोगदान छ । उनले विगत ४० वर्षदेखि तानसेनमा पौड्याल ढाका उद्योग सञ्चालन गर्दै आएका छन् ।
उनको उद्योगमा ४० जनाले नियमित रोजगारी पाएका छन्, जसमा अधिकांश महिला छन् । ढाका कपडामा प्रयोगहुने बुट्टा र नयाँ डिजाइन आफैँ तयार गर्दै आएका पौड्यालले स्थानीय सीप र कलालाई उद्योगसँग जोडेर व्यवसायविस्तार गरिरहेका छन् ।
सरकारले उद्योगमैत्री वातावरण निर्माण गरी आवश्यक सहयोग गर्न सके ढाका उद्योगमार्फत सयौँलाई रोजगारीदिन सकिने उनको विश्वास छ ।
उद्योग दिवसका अवसरमा सम्मानित यी दुई उद्यमीका कथा केवल व्यक्तिगत सफलताका उदाहरण मात्र नभईस्थानीय उत्पादनलाई प्रोत्साहन, परम्परागत सीपको संरक्षण र गाउँमै रोजगारी सिर्जना गर्न सकिने सम्भावनाकादृष्टान्त पनि हुन् ।










