latest
अमेरिकी दूतावासको सहयोगमा २० उदीयमान उद्यमीको व्यवसाय प्रदर्शनी, पाल्पाली ढाका उत्कृष्ट २० मा  ||    रामपुर नगरपालिकाको वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई  ||    मिलेनियम स्कुल चमेना गृहमा ग्यास दुर्घटनामा घाइते बालिकाको उपचारका क्रममा मृत्यु  ||    करदाता सेवा कार्यालय हटाइँदा सेवाग्राहीलाई सास्ती, पुनः स्थापना गर्न जोड  ||    पाल्पामा ५६ जना कर्मचारी सेवाबाट हटाइए  ||    आमाकाे प्रश्न ? ‘आमाबुबा स्याहार्न गाह्रो हुन्छ भनेर हिमालमा मर्न हिँडेको, निर्मल?’  ||    अमेरिका जान ३० लाख रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने नियम  ||    अमरनारायण मन्दिर परिसरमा बृहत् सरसफाइ  ||   
आइतबार , साउन २४, २०८३
पाल्पा, २३ साउन
नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सञ्चालित ‘उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गतको अन्तिम चरण ‘क्यापस्टोन एक्सेलेरेटर’ सम्पन्न भएको छ । नेपालका सात प्रमुख सहरहरूमा आयोजित क्षेत्रीय कार्यशालाहरूमा सहभागी भएका २०० भन्दा बढी उद्यमीहरूमध्येबाट छनोट भएका शीर्ष २० उदीयमान उद्यमीहरूले तीनदिने आवासीय तालिममा सहभागिता जनाएका थिए । जसमा पाल्पाली ढाकाको तर्फबाट सरस्वती ढाकाका अनुशेष रायमाझीले सहभागिता जनाउनुभएको थियो ।कार्यक्रमको समापनका अवसरमा उद्यमीहरूले आफ्ना व्यावसायिक योजनाहरू लगानीकर्ता, व्यापारिक नेतृत्व र सरोकारवालाहरूमाझ प्रस्तुत गरेका थिए ।
तालिमका क्रममा उद्यमीहरूलाई व्यवसायको वृद्धि, बजार तयारी, लगानी आकर्षण गर्ने कला, निर्यात सम्भावना, एआईको प्रयोग र रणनीतिक सञ्चारका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमको अन्तिम दिन ‘इन्भेस्टमेन्ट एन्ड ग्लोबल मार्केट-फोकस्ड पिचिङ सेसन’ आयोजना गरिएको थियो । जहाँ उद्यमीहरूले विशेषज्ञ प्यानलसमक्ष आफ्ना व्यवसायको विस्तार क्षमता र नवीनताका बारेमा जानकारी दिएका थिए ।
सहभागीहरूले ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ (Capstone Main Street Showcase) मार्फत आफ्ना उत्पादन तथा सेवाहरूको प्रदर्शनी समेत गरेका थिए । यस प्रदर्शनीले उद्यमीहरूलाई ‘AmCham Nepal’ र अन्य अमेरिकी व्यावसायिक नेतृत्वसँग प्रत्यक्ष सञ्जाल विस्तार (नेटवर्किङ) गर्ने अवसर प्रदान गरेको दूतावासको भनाइ छ ।
यो राष्ट्रव्यापी कार्यक्रम नेपालगन्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन गरिएको थियो । क्षेत्रीय कार्यशालापछि भर्चुअल मास्टरक्लास र अन्तर्वार्ताका माध्यमबाट अन्तिम २० जनाको छनोट गरिएको थियो ।
सहभागी २० उद्यमीहरूले कृषि तथा कृषि प्रशोधन, सूचना प्रविधि, शिक्षा प्रविधि (एडटेक), हस्तकला, ई-कमर्स, श्रृंगार सामग्री र सामाजिक उद्यम लगायतका विविध क्षेत्रको प्रतिनिधित्व गरेका छन् ।
अमेरिकी दूतावासको सहयोगमा सञ्चालित यो कार्यक्रम ‘इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युट’ (आईडीआई) ले ‘आद्यन्त एडभाइजरी’ सँगको साझेदारीमा कार्यान्वयन गरेको हो । कार्यक्रमले नेपाली उद्यमीहरूलाई अमेरिकी व्यावसायिक अभ्यासहरूको ज्ञान र आत्मविश्वास प्रदान गर्दै प्रतिस्पर्धी व्यवसाय निर्माण गर्न सहयोग पुर्याउने लक्ष्य लिएको छ ।
यस्ता छन् २० उत्कृष्ट उद्यमी र उनीहरूका व्यवसाय:
१. हरि कृष्ण लामिछाने (पाथसूत्र ईडीयु – Pathsutra EDU)�क्षेत्र: शिक्षा प्रविधि (EdTech)�प्रदेश: गण्डकी
यसले एआईको प्रयोग गरी विद्यालयको तथ्याङ्कलाई विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न प्रयोग गर्छ। यसले ३५ हजारभन्दा बढी विद्यालयलाई लक्षित गरेको छ ।
२. कमलराज पराजुली (साइनो मार्केटप्लेस – Saino Marketplace)�क्षेत्र: ई-कमर्स �प्रदेश: गण्डकी��‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ उत्पादनहरूलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने यो एक डिजिटल प्लेटफर्म हो, जसले १०० भन्दा बढी विक्रेताहरूसँग सहकार्य गरिरहेको छ ।
३. अपेक्षा थापा (कोपिला भ्याली महिला सहकारी – Kopila Valley Women Co-operative)
क्षेत्र: हल्का उत्पादन (Light Manufacturing)�प्रदेश: कर्णाली
स्थानीय कपडाबाट हस्तनिर्मित झोला र घर सजावटका सामग्री उत्पादन गर्ने यो संस्था महिला सशक्तीकरण र निर्यातमा केन्द्रित छ ।
४. नवीन देवकोटा (लुम्ले कफी – Lumle Coffee)
क्षेत्र: कृषि व्यवसाय (Agribusiness)�प्रदेश: गण्डकी
अन्नपूर्ण क्षेत्रमा अर्गानिक कफी खेती, रोस्टिङ र बजार व्यवस्थापन गर्ने यो कम्पनीले कफी एकेडेमी र कृषि-पर्यटन विस्तारको लक्ष्य राखेको छ ।
५. शम्भुबाबु कोइराला (हिमालयन चिउरिका – Himalayan Chiurika)
क्षेत्र: कृषि व्यवसाय (Agribusiness)�प्रदेश: कोशी
यसले रैथाने चिउरीको दानाबाट शतप्रतिशत वनस्पतिजन्य ‘चिउरी बटर’ उत्पादन गर्छ, जसलाई विश्वव्यापी कस्मेटिक्स उद्योगमा ‘सिया बटर’को विकल्पको रूपमा निर्यात गर्ने लक्ष्य छ ।
६. राजिव खनाल (भरोसा कृषि – Bharosha Krishi)
क्षेत्र: कृषि प्रविधि (AgriTech)�प्रदेश: बागमती
यसले ‘चितो प्लस’ ब्रान्डअन्तर्गत बिरुवाको वृद्धि गर्ने र माछा–पशुपक्षीका लागि आवश्यक बायो–इनपुटहरू उत्पादन गर्छ ।
७. सचिन मकाजु श्रेष्ठ (स्याहार – Syaahaar)
क्षेत्र: व्यक्तिगत हेरचाह र कस्मेटिक्स �प्रदेश: बागमती
धुलिखेल अस्पताल अन्तर्गतको यो सामाजिक उद्यमले नेपाली जडीबुटीबाट छालाको हेरचाह गर्ने सामग्री बनाउँछ । यसको नाफा विपन्न बिरामीको उपचारमा खर्च हुन्छ ।
८. हिसिला ओली (दिदी बहिनी फेब्रिक – Didi Bahini Fabric)
क्षेत्र: गार्मेन्ट तथा कपडा�प्रदेश: लुम्बिनी
यो उद्यमले गाँजा (Hemp) र अल्लोको अल्लोबाट कपडा र एसेसरिजहरू उत्पादन गर्छ । यसले राष्ट्रिय महिला उद्यमी पुरस्कार समेत प्राप्त गरिसकेको छ ।
९. विजय कुमाल (लुमिनो टेक्नोलोजी – Lumino Technology)
क्षेत्र: सूचना प्रविधि (IT)�प्रदेश: गण्डकी�यसले मानव संशाधन व्यवस्थापन (HR) र क्लाउड पूर्वाधारका सफ्टवेयरहरू विकास गर्छ । ६ भन्दा बढी देशमा यसको सेवा पुगिसकेको छ ।
१०. सञ्जय चौधरी (एम.एम. डिजिटल ग्यारेज – M.M. Digital Garage)
क्षेत्र: डिजिटल मार्केटिङ�प्रदेश: मधेश
डेटामा आधारित ब्रान्डिङ, एसईओ र विज्ञापन सेवा प्रदान गर्ने यो एजेन्सीले ३५ भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।
११. सुशान्त ढुङ्गाना (जलवेरी – Jalberry)
क्षेत्र: खाद्य तथा पेय पदार्थ (F&B)�प्रदेश: बागमती
यसले प्राकृतिक फलफूल र दूधबाट बनेको आइसक्रिम, कुल्फी र सोडा उत्पादन तथा वितरण गर्छ ।
१२. अनुशेष रायमाझी (सरस्वती ढाका – Saraswati Dhaka)
क्षेत्र: गार्मेन्ट तथा कपडा�प्रदेश: लुम्बिनी
पाल्पामा आधारित यो उद्योगले सन् १९९१ देखि परम्परागत हातले बुनेका ढाका कपडा, टोपी र साडीहरू उत्पादन गर्दै आएको छ, जहाँ ४५ जना महिला बुनकरहरू कार्यरत छन् ।
१३. पोषण नेपाल (हाडी बिरयानी – Haadi Biryani)
क्षेत्र: हस्पिटालिटी र रेस्टुरेन्ट�प्रदेश: बागमती�उत्तर भारतीय र मुगलई परिकारमा विशेषज्ञता हासिल गरेको यो रेस्टुरेन्टले एआई प्रयोग गरी ग्राहक व्यवस्थापन र फ्रान्चाइज विस्तारको योजना बनाएको छ ।
१४. दीपाली टण्डन (दीपालीको अचार – Deepali’s Achar)
क्षेत्र: खाद्य प्रशोधन�प्रदेश: लुम्बिनी�बिना विषादी र परम्परागत स्वादमा आधारित २० भन्दा बढी प्रकारका अचार र मसलाहरू उत्पादन गर्ने यो उद्योग निर्यातको तयारीमा छ ।
१५. दीपक हमाल (डामी ट्रिट्स – Dami Treats)
क्षेत्र: खाद्य तथा पेय पदार्थ (F&B)�प्रदेश: सुदूरपश्चिम
कैलालीमा आधारित यस उद्योगले दुग्धजन्य पदार्थ, नेपाली मिठाई र प्राकृतिक आइसक्रिम उत्पादन गर्छ ।
१६. विवेक आचार्य (नेप टेक पाल – Nep Tech Pal)
क्षेत्र: सूचना प्रविधि�प्रदेश: गण्डकी
सफ्टवेयर विकास गर्ने यस कम्पनीका ३० भन्दा बढी मोबाइल एपहरू छन्, जसलाई १० लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ ।
१७. आकृति जलान (मुनवेक स्किनकेयर – Moonwake Skincare)
क्षेत्र: व्यक्तिगत हेरचाह र वेलनेस�प्रदेश: कोशी
प्राकृतिक छाला र कपालको हेरचाह गर्ने सामग्री उत्पादन गर्ने यो ब्रान्ड ‘शार्क ट्याङ्क नेपाल’मा समेत फिचर भएको थियो ।
१८. प्रकाश उप्रेती (होम सेवा – HomeSewa)
क्षेत्र: सूचना प्रविधि र डिजिटल मार्केटप्लेस �प्रदेश: कोशी�यसले घरमै आएर सरसफाइ, मर्मत र प्राविधिक सेवा दिने दक्ष कामदारहरूलाई ग्राहकसँग जोड्ने एप सञ्चालन गर्छ।
१९. प्रितमराज पाठक (शरद क्राफ्ट क्रिएसन – Sharad Craft Creations)
क्षेत्र: हल्का उत्पादन (Handicrafts)�प्रदेश: बागमती (काठमाडौं)
यसले भेंडाको ऊन (Felt) बाट बनेका उपहार र सजावटका सामग्रीहरू २० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ।
२०. आशिका कुमारी गिरी (आशुतोष बहुउद्देश्यीय उद्योग – Aashutosh Bahuudeshya Udyog)
क्षेत्र: खाद्य प्रशोधन�प्रदेश: मधेश
मिथिला क्षेत्रको रैथाने स्वादका अचार र पापड उत्पादन गर्दै यसले स्थानीय महिलाहरूलाई रोजगारी र सीप प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय