latest
अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||    सर्वोच्चको अन्तरिम आदेशः माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थी पुनः कामकाजमा  ||    माथागढी गाउँपालिकाः दुर्गम बस्तीमा ‘एक घर–एक धारा’ अभियान  ||    समुदायसँग जोडियो सिकाइ, ‘सक्षम सिकाइ कार्यक्रम’ले बदल्दै माथागढीको शैक्षिक अभ्यास  ||    माथागढीका कृषकलाई प्रविधिमैत्री कृषि अभ्यास  ||    राजस्व संकलनमा सुधार, दिगो विकासका लागि स्रोत विस्तारको खोजी  ||   
शुक्रबार , असार १९, २०८३

पाल्पा, असार १८। सम्मानित सर्वोच्च अदालतको मिति २०८३ साल असार १६ गते जारी अन्तरिम आदेशबमोजिम माथागढी गाउँपालिका–१, चिदीपानीका निर्वाचित वडा अध्यक्ष राजकुमार पन्थीले बिहीबार पुनः आफ्नो पदको जिम्मेवारी ग्रहण गर्नुभएको छ।

 

पदबहालीसँगै वडा कार्यालयमा आयोजित स्वागत कार्यक्रममा कर्मचारी, स्थानीयवासी, जनप्रतिनिधि तथा शुभेच्छुकहरूले खादा, टीका र पुष्पगुच्छा प्रदान गर्दै उहाँलाई हार्दिक स्वागत गरेका थिए। सहभागीहरूले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वडाको समृद्धि र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

पुनः पदबहालीपछि वडा अध्यक्ष पन्थीले सम्पूर्ण वडावासी, माथागढी गाउँपालिकावासी, कर्मचारी, शुभेच्छुक तथा आफूलाई साथ र विश्वास गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले जनताले दिएको विश्वासलाई उच्च सम्मान गर्दै सुशासन, विकास र जनसेवालाई पहिलो प्राथमिकतामा राखी इमानदारी, पारदर्शिता र समर्पणका साथ निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैबीच, वडा कार्यालयले सम्मानित अदालतको आदेशको पूर्ण पालना गर्दै नागरिकलाई गुणस्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गर्न निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

कार्यक्रममा उपस्थित भई शुभकामना, सद्भाव र सहयोग प्रदान गर्ने सम्पूर्ण वडावासी, कर्मचारी, जनप्रतिनिधि तथा शुभेच्छुकहरूप्रति माथागढी गाउँपालिका–१, चिदीपानी वडा कार्यालयले हार्दिक आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय