latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

बिष्णु खनाल
पाल्पा, चैत १७
पाल्पा उद्योग बाणिज्य संघको आयोजना र करदाता सेवा कार्यालय पाल्पाको समन्वयमा पाल्पाका उद्योगी ब्यबसायीहरुलाई एक दिने कर शिक्षा कार्यक्रम शुक्रबार तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी करदाता सेवा कार्यालय पाल्पाकी प्रमुख गीता पाण्डेले ब्यबसायीहरुलlई कर सम्बन्धि जानकारी गराउनुभएको थियो । कार्याक्रममा स्थायी लेखा नम्बर, मिसम्याच, मुल्य अभिबृद्धि कर, लयायतका बिषयमा जानकारी गराइएको थियो । उहाँले सेवा कार्यालय ब्यबसायीहरुको सहयोगी रहेको बताउनुभयो । प्रमुख पाण्डेले सरकारले तोकेको निश्चित करोबार रकम भन्दा बढी कारोबार हुदाँ मिसम्याचमा परिने बताउदै ब्यबसायीहरुलाई खरिद बिक्रिको हिसाब राम्रोसंग राख्न सुझाब दिनुभयो ।
पछिल्लो समय सरकारले ब्यबसायीहरुलाई राहात दिने उद्धेश्यले मिसम्याच स्किम ल्याएको बताउदै कारोबार नाघेको रकमको १ दशमलब ५ प्रतिशत मात्र तिर्नुपर्ने ब्यबस्था चैत मसान्त भित्रसम्म रहेको बताउनुभयो । यदी यो स्किममा नआएको भए ५१ प्रतिशतले कर तिर्नुपर्ने अबस्था आउने बताउनुभयो । कार्यालय प्रमुख पाण्डेले खरिद र बिक्रि बिल प्रयोग गर्न, ब्यबसायीलाई कारोवारको हिसाब राख्न लगायतका बिषयका प्रशिक्षण दिनुभएको थियो ।
ब्यबसायीले, कारोबार नगरेपनि मिसम्याच देखिएको, चिन्दै नचिनेको फर्मबाट बिल जारी भएको, पोहरसाल मिसम्याच तिरे पनि पून सोही मितिमा मिसम्याच देखिएको, दर्ता नभएकाबाट हैरानी खेप्नु परेको जस्ता गुनासा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय