latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बिष्णु खनाल
पाल्पा, चैत १७
पाल्पा उद्योग बाणिज्य संघको आयोजना र करदाता सेवा कार्यालय पाल्पाको समन्वयमा पाल्पाका उद्योगी ब्यबसायीहरुलाई एक दिने कर शिक्षा कार्यक्रम शुक्रबार तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी करदाता सेवा कार्यालय पाल्पाकी प्रमुख गीता पाण्डेले ब्यबसायीहरुलlई कर सम्बन्धि जानकारी गराउनुभएको थियो । कार्याक्रममा स्थायी लेखा नम्बर, मिसम्याच, मुल्य अभिबृद्धि कर, लयायतका बिषयमा जानकारी गराइएको थियो । उहाँले सेवा कार्यालय ब्यबसायीहरुको सहयोगी रहेको बताउनुभयो । प्रमुख पाण्डेले सरकारले तोकेको निश्चित करोबार रकम भन्दा बढी कारोबार हुदाँ मिसम्याचमा परिने बताउदै ब्यबसायीहरुलाई खरिद बिक्रिको हिसाब राम्रोसंग राख्न सुझाब दिनुभयो ।
पछिल्लो समय सरकारले ब्यबसायीहरुलाई राहात दिने उद्धेश्यले मिसम्याच स्किम ल्याएको बताउदै कारोबार नाघेको रकमको १ दशमलब ५ प्रतिशत मात्र तिर्नुपर्ने ब्यबस्था चैत मसान्त भित्रसम्म रहेको बताउनुभयो । यदी यो स्किममा नआएको भए ५१ प्रतिशतले कर तिर्नुपर्ने अबस्था आउने बताउनुभयो । कार्यालय प्रमुख पाण्डेले खरिद र बिक्रि बिल प्रयोग गर्न, ब्यबसायीलाई कारोवारको हिसाब राख्न लगायतका बिषयका प्रशिक्षण दिनुभएको थियो ।
ब्यबसायीले, कारोबार नगरेपनि मिसम्याच देखिएको, चिन्दै नचिनेको फर्मबाट बिल जारी भएको, पोहरसाल मिसम्याच तिरे पनि पून सोही मितिमा मिसम्याच देखिएको, दर्ता नभएकाबाट हैरानी खेप्नु परेको जस्ता गुनासा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय