शुक्रबार , बैसाख १४, २०८१

पाल्पा, चैत ११
पाल्पामा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका ५ बिरेठाटीका ३५ बर्षिय संजय मुल्मी नेवार र धादिङ्ग तिरपुरा गाउँपालिका ३ मुरचोक का ३७ बर्षिय किरण गजमेर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनीहरुको साथबाट नुफिन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, लागु औषध फेला परेको हो । उनीहरु हिजो बेलुका ग ३ च ५९०१ नम्बरको कारमा बुटवलबाट पोखरा जादै गर्दा प्रहरीले पाल्पाको झुम्सामा चेक जाँच गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय