latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

विष्णु घिमिरे
पाल्पा, चैत ११
बगनासकाली ९ चापपानीको मालारानी कृषि तथा पशुपंछी सहकारी संस्थाका सदस्यहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । शुक्रवार चापपानीमा आयोजित एक कार्यक्रममा सहकारीका १३ जना सदस्यहरुलाई माउ बाख्रा तथा पाठीहरु पैचोको रुपमा वितरण गरिएको थियो ।
सहकारी सस्थाले बाख्रा पालन गरि आयआर्जन बृद्धी गर्न र स्वरोजगार बनाउन विगत ४ वर्षदेखी बाख्रा पैचो कार्यक्रम संचालन गर्दै आएको छ । सहकारी सस्थाका अध्यक्ष चिन्तामणी बस्यालका अनुसार २०७५ सालदेखी १० वटा बाख्रा पैचो कार्यक्रमबाट यो अभियान सुरु भएको थियो । बगनासकाली गाउँपालिकाका तत्कालिन अध्यक्ष कृष्ण प्रसाद बस्यालले रु ५० हजार व्यक्तिगत सहयोग गरी सहकारी मार्फत अभियान सुरु गरिएको थियो । अध्यक्ष बस्यालका अनुसार सुरुका वर्षहरुमा प्रत्येक वर्ष पाठी अर्को सदस्यलाई फिर्ता गर्नुपर्ने थियो । विक्रम संवत २०७७ सालदेखी २, २ वर्षमा आफुले लगेका बाख्राबाट जन्मेका एक एक वटा पाठी फिर्ता गर्नुपर्ने सहकारीले नियम बनाएको छ ।
मालारानी कृषि तथा पशुंपछी सहकारी सस्थाका अध्यक्ष बस्यालका अनुसार २०७५ देखी सुरु भएको बाख्रा पैचो कार्यक्रमलाई निरन्तरता दिइएको हो । १० वटा बाख्राबाट सुरु गरिएको कार्यक्रम मागमा आधारित बनाईएको छ । बाख्रा पालन गर्न ईच्छुक सदस्यहरुले माग गरेअनुसार सहकारीले रकम थप गरी माग पूर्ती गर्दै आएको छ । शुक्रवार १० जनाले बाख्रा फिर्ता ल्याएका थिए भने १३ जनाले पूनः पैचौको रुमा बाख्रा लगेका थिए । स्थानीय सीतादेवी घिमिरेका अनुसार सहकारीका सदस्यहरुलाई यो कार्यक्रमले आयआर्जनको बाटोमा लाग्न प्रेरणा मिलेको बताउनुभयो ।
पैचोबाखा वितरण कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका पूर्व अध्यक्ष कृष्ण बस्यालले सहकारीका सदस्यहरुले आम्दानी बृद्धी गरुन् भन्ने उदेश्यले यो कार्यक्रमका लागि सहयोग गरेको उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका महासमिति सदस्य बस्यालले आफु पदमा हुँदा र नहुँदा स्थानीय क्षेत्र र नागरिकको सहयोगमा कमी हुन नदिएको बताउदै, निर्वाहमूखी भन्दा पनि व्यवसायिक कृषि र पशुपालनमा लाग्न सदस्यहरुलाई आग्रह गर्नुभयो । जिवलाल बस्यालको संचालनमा भएको बाख्रा उपहार पैचो कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष चिन्तामणी बस्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय