latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

विष्णु घिमिरे
पाल्पा, चैत ११
बगनासकाली ९ चापपानीको मालारानी कृषि तथा पशुपंछी सहकारी संस्थाका सदस्यहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । शुक्रवार चापपानीमा आयोजित एक कार्यक्रममा सहकारीका १३ जना सदस्यहरुलाई माउ बाख्रा तथा पाठीहरु पैचोको रुपमा वितरण गरिएको थियो ।
सहकारी सस्थाले बाख्रा पालन गरि आयआर्जन बृद्धी गर्न र स्वरोजगार बनाउन विगत ४ वर्षदेखी बाख्रा पैचो कार्यक्रम संचालन गर्दै आएको छ । सहकारी सस्थाका अध्यक्ष चिन्तामणी बस्यालका अनुसार २०७५ सालदेखी १० वटा बाख्रा पैचो कार्यक्रमबाट यो अभियान सुरु भएको थियो । बगनासकाली गाउँपालिकाका तत्कालिन अध्यक्ष कृष्ण प्रसाद बस्यालले रु ५० हजार व्यक्तिगत सहयोग गरी सहकारी मार्फत अभियान सुरु गरिएको थियो । अध्यक्ष बस्यालका अनुसार सुरुका वर्षहरुमा प्रत्येक वर्ष पाठी अर्को सदस्यलाई फिर्ता गर्नुपर्ने थियो । विक्रम संवत २०७७ सालदेखी २, २ वर्षमा आफुले लगेका बाख्राबाट जन्मेका एक एक वटा पाठी फिर्ता गर्नुपर्ने सहकारीले नियम बनाएको छ ।
मालारानी कृषि तथा पशुंपछी सहकारी सस्थाका अध्यक्ष बस्यालका अनुसार २०७५ देखी सुरु भएको बाख्रा पैचो कार्यक्रमलाई निरन्तरता दिइएको हो । १० वटा बाख्राबाट सुरु गरिएको कार्यक्रम मागमा आधारित बनाईएको छ । बाख्रा पालन गर्न ईच्छुक सदस्यहरुले माग गरेअनुसार सहकारीले रकम थप गरी माग पूर्ती गर्दै आएको छ । शुक्रवार १० जनाले बाख्रा फिर्ता ल्याएका थिए भने १३ जनाले पूनः पैचौको रुमा बाख्रा लगेका थिए । स्थानीय सीतादेवी घिमिरेका अनुसार सहकारीका सदस्यहरुलाई यो कार्यक्रमले आयआर्जनको बाटोमा लाग्न प्रेरणा मिलेको बताउनुभयो ।
पैचोबाखा वितरण कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका पूर्व अध्यक्ष कृष्ण बस्यालले सहकारीका सदस्यहरुले आम्दानी बृद्धी गरुन् भन्ने उदेश्यले यो कार्यक्रमका लागि सहयोग गरेको उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका महासमिति सदस्य बस्यालले आफु पदमा हुँदा र नहुँदा स्थानीय क्षेत्र र नागरिकको सहयोगमा कमी हुन नदिएको बताउदै, निर्वाहमूखी भन्दा पनि व्यवसायिक कृषि र पशुपालनमा लाग्न सदस्यहरुलाई आग्रह गर्नुभयो । जिवलाल बस्यालको संचालनमा भएको बाख्रा उपहार पैचो कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष चिन्तामणी बस्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय