latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

पोखरा, ११ चैत

पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्तरुपमा पाल्पा हाउसको उद्घाटन गरे ।
सो अवसरमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाल्पालीहरुको हरेक कार्य प्रशंसनीय भएको बताए । उनले पोखरा महानगरले बनाउन लागेको डिजिटल नक्सामा पाल्पा हाउसलाई पनि समेट्ने प्रतिबद्धता जनाए । उनले रानीमहलको झल्को दिने पाल्पा हाउस पोखरा र पाल्पाको समेत प्रेमको प्रतीक भएकोले सधैंभर सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे ।
तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले शिक्षा, आर्थिक, सामाजिक लगायतका कार्यमा पाल्पाली समाज पोखराको कार्य प्रशंसनीय भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पाल्पाको गरिमा बढाउने गरी पाल्पालीहरुले गरेको कार्यको सिको अरुले पनि गर्नुपर्ने बताए । उनले पाल्पा हाउसमा सहजताका लागि विभिन्न उत्पादनहरुको सूचना केन्द्र खडा गर्नुपर्ने सुझाव पनि दिए ।
पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक थापा, पाल्पा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, कम्पनी सचिव श्रीधर पराजुली लगायतले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा पाल्पा हाउसले ठूलो महत्व राख्ने बताए ।
करिब २ करोड लागतमा संचालित पाल्पा हाउसको समुद्घाटनसँगै शुक्रबारदेखि नै यहाँबाट रानीमहल रेष्टुरेन्ट, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था, ढाका तथा करुवा बिक्री कक्ष, काठमाडौं टप टेलर्स, बिस्रोम अप्टिकल, सुविता फेसन कर्नर, एसएम क्लसेट, सरिना फेसन क्रियसन एन्ड बुटिक सप लगायतले पनि कारोबार शुभारम्भ गरेका छन् ।
मूलतः पाल्पाका उत्पादन पोखरामा एकै थलोमा बिक्री गर्ने उद्देश्यले संचालित पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल संचालित छन् । पाल्पाली ढाका, करुवा यही पाइनेछ भने कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउनेछ । कम्पनीले रानीमहल रेष्टुरेन्टबाट पाल्पाली परिकार चुकाउनी, बटुक, छोइला लगायत पस्किने छ ।
नयाँ र नौलोस्वरुपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पहल गरेका हुन् । पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन् । उद्घाटन अवसरमा विभिन्न सेवामा छुट दिइएको कम्पनी अध्यक्ष घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय