latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी ,रामपुर ,८चैत

पाल्पाको रामपुरमा ५८ अाै अन्तर्राष्ट्रिय जातियभेद तथा रंगभेद उन्मुलन दिवस मनाइएको छ । दलित अधिकारका लागि साझा अभियान पाल्पाको अायाेजना,दलित वर्ग उत्थान समन्वय समिति रामपुरकाे सहअायाेजना, रामपुर नगरपालिकाकाे सहयोगमा कार्यक्रम भएको हाे। रेशम सभाहल रामपुर ५ मटेरि पाल्पामा दलित अधिकारका लागि साझा अभियान पाल्पाका अध्यक्ष विष्णु बाेमरेलकाे अध्यक्षतामा दिवस मनाइएको छ । कार्यक्रमका मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ रहनुभएकाे हाे । उहाले संविधानमा छुवाछूत मुक्त समाज उल्लेख्य गरिएपनि व्यावहारमा सबै ठाउँमा कार्यान्वयनमा अझैपनि अाउन नसकेको बताउनुभएको छ । कार्यक्रमकाे सजिकरण दलित अभियान्ता तिर्थ गाैतमले गर्नुभएको हाे । दलित अधिकारका लागि साझा अभियानका उपाध्यक्ष दिनेश गन्धर्व स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन सन्जु परियारले गर्नुभएको थियाे । कार्यक्रममा रामपुर २ का वडाध्यक्ष कृष्ण दर्जि, वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पाेखरेल, वडा नं ६ का वडाध्यक्ष दिवाकर देवकाेटा,रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णुदेवि घिमिरे अाचार्य, नेकपा माअाेवादि केन्द्र नगर कमिटी अध्यक्ष यमबहादुर सुनार, दलित अभियानका लागि साझा अभियान पाल्पाका पुर्व सचिव मिलन विश्वकर्मा, दलित वर्ग उत्थान समन्वय समिति रामपुरका पुर्व अध्यक्ष अर्जुन सुनार, दर्शन समाज पाल्पाका अध्यक्ष हिमाल मल्ल, एकीकृत मगर संघ रामपुरका अध्यक्ष देवबहादुर थापा मश्राङ्गि, मुस्लिम संघ जिल्ला उपाध्यक्ष ताजिम शेखले दलित समुदाय भित्र रहेको विभेद हटाउनुपर्ने र अाफ्नाे हकहितका लागि लड्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य माया नेपाली, रामपुर ७ का वडा सदस्य मिठ्ठु सुनार, टीका सुनार, गाेविन भट्टराई लगायतले दलित विभेदका सन्दर्भमा अाफ्ना अनुभव राख्नुभएको छ । कार्यक्रममा रामपुर २ का वडाध्यक्ष कृष्णबहादुर दर्जि र कार्यपालिका सदस्य माया नेपालीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय