latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी रामपुर (पाल्पा), ५ चैत

रामपुर नगर गौशालामा भएको श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचनको आम्दानी खर्च सार्वजनिक गरिएको छ । गत फागुन ९ गते देखि १५ गतेसम्म चलेको महायज्ञको पत्रकार सम्मेलन गरी आम्दानी खर्च सार्वजनिक गरिएको हो । महायज्ञमा नगद २० लाख ७३ हजार ७३४ रुपैयाँ र ७३ हजार तीन सय बराबरको जिन्सी गरी कुल २१ लाख ४७ हजार ३४ रुपैयाँ आम्दानी भएको नगर गौशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । कुल खर्च १३ लाख ५५ हजार ८३९ रुपैयाँसहितको आम्दानी खर्च न्यौपानेले सार्वजनिक गर्नुभयो । सप्ताहमा भक्तजनबाट दान गरिएको नगद खुद वचत रकम सात लाख १७ हजार ८९५ रुपैयाँ र जिन्सी ७३ हजार तीनसय रुपैयाँ बराबरको धान, चामल, आलु, नुन संकलन सहित सात लाख ९१ हजार १९५ वचत रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो । श्रीमद्भागवत कथा सप्ताह प्रवचन यज्ञबाट संकलन भएको रकम अक्षयकोषमा राख्ने, गाई र व्यबस्थापनको दिगो व्यबस्थापनमा लगाइने जानकारी गराइएको छ । नगर गौशालाको तेस्रो वार्षिक उत्सवको अवसर पारेर गौशालामा रहेका गाईको दिगो व्यवस्थापनका लागि महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा पुज्य भागवत मन्जरी राधिका दासीले संगीतमय शैलीमा कथा बाचन गर्नुभएको थियो । महायज्ञमा दानदाताले आफ्नो स्वेच्छाले नगद तथा जिन्सी दान गरेको समितिका सचिव बासुदेव ढकालले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय