latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), चैत ४
पर्यटकीय तालपोखरामा पत्रकार भेटघाट कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडा नं ६ मा रहेको यस तालपोखरामा नववर्ष २०८० को पावन अवसरमा हुने नयाँवर्ष विशेष कार्यक्रमको जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम भएको हो ।

तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा कार्यक्रम गरी नयाँवर्ष विशेष कार्यक्रमबारे जानकारी दिईएको छ । कार्यक्रमको संचालन समितिका सदस्य जनक भण्डारीले गर्नुभएको छ । पर्यटक भित्र्याउन र यसको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँवर्ष विशेष कार्यक्रम आयोजना गरिएको अध्यक्ष देवकोटा बताउनुहुन्छ । वैशाख १ र २ गते नयाँवर्षको अवसरमा राष्ट्रियस्तरका कलाकारबाट विशेष सांगितिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागीलाई समितिका उपाध्यक्ष मित्रा ढकालले स्वागत गर्नुभएको थियोे । पर्यटकिय तालपोखरामा पर्यटकको संख्या बढ्दै जान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय