latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), चैत ४
पर्यटकीय तालपोखरामा पत्रकार भेटघाट कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडा नं ६ मा रहेको यस तालपोखरामा नववर्ष २०८० को पावन अवसरमा हुने नयाँवर्ष विशेष कार्यक्रमको जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम भएको हो ।

तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा कार्यक्रम गरी नयाँवर्ष विशेष कार्यक्रमबारे जानकारी दिईएको छ । कार्यक्रमको संचालन समितिका सदस्य जनक भण्डारीले गर्नुभएको छ । पर्यटक भित्र्याउन र यसको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँवर्ष विशेष कार्यक्रम आयोजना गरिएको अध्यक्ष देवकोटा बताउनुहुन्छ । वैशाख १ र २ गते नयाँवर्षको अवसरमा राष्ट्रियस्तरका कलाकारबाट विशेष सांगितिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागीलाई समितिका उपाध्यक्ष मित्रा ढकालले स्वागत गर्नुभएको थियोे । पर्यटकिय तालपोखरामा पर्यटकको संख्या बढ्दै जान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय