शुक्रबार , बैसाख १४, २०८१
 सुशीला रेग्मी रामपुर , ३० फागुन
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा सांसद निमा गिरी नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश सभाको नेपाली कांग्रेस दलको तर्फबाट सांसद गिरीलाई सोमवार कांग्रेसको सचेतक पदमा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नियुक्ती गर्नुभएको हो । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सह–महामन्त्री समेत रहनुभएकी गिरी गत मङ्सीर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिकबाट प्रदेश सांसदमा निर्वाचित हुनुभएको हो । विसं २०५४ मा नेविसंघको बाल सदस्यता लिएर त्यस समय देखि नै विद्यालय तहको संघ संगठनमा सानै उमेर देखि नै सक्रिय रुपमा लाग्नुभएकी सांसद गिरी महेन्द्र बहुमुखी क्याम्पसको इकाई सदस्य, इकाईको सह–अध्यक्ष, दाङ जिल्लाको नेपाल विद्यार्थी संघको जिल्ला सदस्य, प्युठान जिल्लाको नेविसंघ उपाध्यक्ष हुदै त्रिभुवन विश्वविद्यालयको नेविसंघ केन्द्रिय उपाध्यक्ष, केन्द्रिय कोषाध्यक्षको उम्मेदवार बन्नुभएको थियो ।
विसं २०६७ देखि तीन पटकसम्म नेपाली कांग्रेसको महासमिति सदस्य, महिला संघ प्युठानको जिल्ला सचिव हुदै हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सह–महामन्त्री बन्न सफल एक उदाहरणिय महिला नेतृ हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अध्ययन गर्ने क्रममा सबै दलको तर्फबाट होस्टेल क्याप्टेनमा निर्वाचित भएर उहाँले कुशलतापूर्वक नेतृत्व समेत समाल्नु भएको थियो । नेपाल सरकारको तर्फबाट जनसेवा श्री पुरस्कार समेत प्राप्त गर्न सफल हुनुभएको छ । राजनीतिज्ञ मात्र नभई सामाजिक संघ संस्थामा कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकी सांसद गिरीले गरिव तथा असहायलाई निशुल्क तथा कानुनी सेवा प्राप्त गर्नुभएको छ । व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्र्तिण, कानुन विषयमा स्नातक तह उत्र्तिण गर्नुभएकी सांसद गिरीले नेपालको महिला आन्दोलन र नेपाली कांग्रेस, कसरी बन्छ स्थानीय तह देखि संघमा सरकार भन्ने विषयमा पुस्तक लेखन, विभिन्न पत्रपत्रिकामा समय सान्दर्भिक लेख लेखन समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय