नेपाल शिक्षक संघबाट पाल्पाका स्थानीय तहमा नयाँ नेतृत्व चयन भएका छन् । जिल्ला सदरमुकाम तानसेनमा केशरी बस्नेत, रामपुरमा डाेलराज रेग्मी, निस्दीमा बिस्णु रेग्मी, पूर्वखाेलामा इश्वर अाचार्य, रम्भामा केश बहादुर सारू, माथागढीमा डिल्ली रेग्मी, तिनाउँमा उमा पाण्डेय, बगनासकालीमा यम बहादुर रास्काेटी, रिब्दीकाेटमा दुर्गा थापा र रैनादेवी छहरामा मेघराज भण्डारीकाे नेतृत्व सर्वसम्मत रूपमा चयन भएकाे शिक्षक संघका सचिव अशाेक घिमिरेले बताउनुभयाे ।

 

शनिबार पाल्पाकाे श्रीनगरमा भएकाे तानसेन नगरपालिकाकाे दाेस्राे अधिवेशनलाइ सम्बाेधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले युग सुशाउँदै शिक्षा र शिक्षण कार्षले व्यवस्थामात्र नभइ अवस्था परिवर्तन गर्न सक्षम हुने बताउनुभयाे । पूर्व मन्त्री समेत रहनुभएका रानाले शिक्षकहरू जिम्मेवार भएर कार्यमा लाग्दा देशका कर्णधारहरू बन्ने भएकाेले देश विकासकाे मार्ग पहिचान गर्न सहज हुने बताउनुभयाे ।

तानसेन नगर अधिवेशनमा बाेल्दै तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठले शिक्षक, विद्यार्थी र अभिभावकले नयाँ नेपालकाे खाका काेर्न सक्ने भन्दै व्यवहारिक शिक्षाकाे अावश्यकता रहेकाे बताउनुभएकाे थियाे । यस्तै नेपाली कांग्रेसका कार्यवहाक सभापति झपेन्द्र गहिरे, शिक्षक महासंघका पूर्व अध्यक्ष देवि भट्टराइ, अध्यक्ष धनकला गाहा लगायतले शिक्षकले पेशागत निपूर्णतासँगै नेतृत्व विकासका अवसरहरूका लागि संगठनमा गाेलबद्द भएर लाग्नुपर्ने बताएका थिए ।

 

दोश्रो रामपुर नगर अधिवेशनको उद्घाटनमा  रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले संगठन शिक्षकको हकहितको लागि मात्रै नभई मुलुकको विकासमा महत्व भुमिका रहेको बताउनुहुदै नगर प्रमुख थापाले शिक्षासंग जोडिएका व्यक्तिलाई समाजले महत्वका रुपमा हेर्ने गरेको र सोही अनुसार शिक्षण कार्यमा तल्लीन भएर लाग्न सबै शिक्षकलाई आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतीस्ठानका अध्यक्ष सन्दिप रानाले शैक्षिक कार्यशाला बेला बेलामा गर्नुपर्ने बताउनुहुदै शिक्षा लोकतन्त्रको आधार भएकाले जुनसुकै क्षेत्रमा लागेपनि गुरुहरुको मार्गदर्शनमा हिड्न सके सफलता प्राप्त हुने बताउनुभयो ।

नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले पदलाई मात्र नभई संगठन मजबुत बनाएर अगाडि बढ्ने नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रममा पुर्व पाल्पा जिल्ला शिक्षा अधिकारी तथा रामपुर नगर शिक्षा सल्लाहकार टोपबहादुर श्रेष्ठ, नेपाल शिक्षक महासंघ पुर्व संघिय प्रतिनिधी महेन्द्रराज थापा, नेपाल शिक्षक महासंघ जिल्ला उपाध्यक्ष टंकनाथ पोखरेल लगायतले बोल्दै कार्यक्रम सफलताको कामना गर्नुभएको थियाे ।

चैत ४ गते हुने जिल्ला अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्ने बताइएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय