latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फाल्गुन २८
पाल्पामा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । भने, एक जना घाइते भएका छन् । आज बिहान करिब ७ बजेको समयमा पाल्पा जिल्ला माथागढी गाउँपालिका ६ चिलेपानीमा गोठादीबाट रहबास तर्फ जादै गरेको लु २ ख ११९६ नम्बरको टिप्पर दुर्घटना हुदा टिप्पर चालक रुपन्देही तिलोत्तमा ११ गणेशनगर बस्ने बर्ष ४० का बिष्णु गुरुङ्गको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । टिप्परमा सवार माथागढी झडेवाका ५० बर्षिय हुम बहादुर परियार घाइते भएको र घाइतेको उपचार तानसेनमा भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पर सडकबाट करिब ४० मीटर तल खसेको र घटनाको बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय