latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फाल्गुन १७
पाल्पा जिल्ला सदरमुकाम तानसेनमा आगामी बैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा महोत्सब संचालन हुने भएको छ । बिगतमा कोरोना महामारीको कारण हुन नसकेको महोत्सब यस पटक गर्न लागिएको आयोजक पाल्पा उद्योग बाणिज्य संघले जनाएको छ । साथै सधै महोत्सब हुने तानसेन टुडिखेलमा नगरपालिकाले स्तर उन्नतीको काम गरिरहेकोले स्थानको अभाबले महोत्सब हुन सकेको थिएन । मेलाको लागि बतासेडाँडा, टुँडीखेल, बाँसटारी, प्रभास, गोर्खेकोट, श्रीनगर लगायतको क्षेत्र हेरेर आवश्यक निर्णय लिइने संघकाले जनाएको छ ।
महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय र सांस्कृति क्षेत्रको विकासमा टेवा पुग्ने बिश्वास लिइएको छ । संघले २०५८ सालदेखि विभिन्न सयममा मेला महोत्सव गर्दै आइरहेको,मेला महोत्सव गरेरै तानसेनको खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा संघले सहयोग गरेको पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
बैशाख १४ गतेदेखि २४ गतेसम्म १३ औं संस्करणको रुपमा संघले महोत्सव आयोजना गर्न थालेको र संघका अध्यक्ष भट्टराईको नेतृत्वमा मूल आयोजक समिति गठन भएको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय