पाल्पा, फाल्गुन १७
पाल्पा जिल्ला सदरमुकाम तानसेनमा आगामी बैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा महोत्सब संचालन हुने भएको छ । बिगतमा कोरोना महामारीको कारण हुन नसकेको महोत्सब यस पटक गर्न लागिएको आयोजक पाल्पा उद्योग बाणिज्य संघले जनाएको छ । साथै सधै महोत्सब हुने तानसेन टुडिखेलमा नगरपालिकाले स्तर उन्नतीको काम गरिरहेकोले स्थानको अभाबले महोत्सब हुन सकेको थिएन । मेलाको लागि बतासेडाँडा, टुँडीखेल, बाँसटारी, प्रभास, गोर्खेकोट, श्रीनगर लगायतको क्षेत्र हेरेर आवश्यक निर्णय लिइने संघकाले जनाएको छ ।
महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय र सांस्कृति क्षेत्रको विकासमा टेवा पुग्ने बिश्वास लिइएको छ । संघले २०५८ सालदेखि विभिन्न सयममा मेला महोत्सव गर्दै आइरहेको,मेला महोत्सव गरेरै तानसेनको खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा संघले सहयोग गरेको पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
बैशाख १४ गतेदेखि २४ गतेसम्म १३ औं संस्करणको रुपमा संघले महोत्सव आयोजना गर्न थालेको र संघका अध्यक्ष भट्टराईको नेतृत्वमा मूल आयोजक समिति गठन भएको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय