latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

फागुन १३, रामपुर (पाल्पा)
नेपाल मगर संघ रामपुर नगर समितिको दोस्रो अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संघले शनिवार एक कार्यक्रम गरी अधिवेशन संगै रामपुर नगरपालिकामा निर्वाचित मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । नेपाल मगर संघ रामपुर नगर समितिका अध्यक्ष थर्कबहादुर रानाको अध्यक्षतामा भएको अधिवेशन रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै समुदायभित्र रहेका भाषा र संस्कृति हाम्रो मौलिक सम्पदा रहेको भन्दै यसको संरक्षण र सम्वद्र्धनका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले मगर समुदाय संगै अन्य समुदायको पहिचान संगै संस्कृतिको रक्षा गर्न आवश्यक सहयोग गर्न पहल गर्दै आएको बताउनुभएको छ ।
नगर उपप्रमुख बालकुमारी थापाले समुदायको आर्थिक तथा सामाजिक विकासमा प्रतिवद्ध भएर लागेको बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य क्याप्टेन धनबहादुर राना, रामपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष दिलबहादुर राना, नेपाल मगर संघ रामपुरका सल्लाहकार संयोजक बोमबहादुर थापा, एकिकृत मगर उत्थान समाजका सल्लाहकार संयोजक रामबहादुर हिस्की थापा, नेपाल मगर संघका सल्लाहकार भोगबहादुर चिदी, नेपाल मगर संघ रामपुर २ का अध्यक्ष देवबहादुर राना, नेपाल मगर संघ रामपुर ३ का अध्यक्ष दानबहादुर राना, एकिकृत मगर उत्थान समाज रामपुरका पूर्व सहसचिव सुनिता राना र समाजका सल्लाहाकार मञ्जु देवी रानाले मगर समुदायको उत्थान संगै संस्कृतिको संरक्षण थप सक्रियता आवश्यक रहेको बताउनु भएको छ । एकिकृत मगर उत्थान समाजका अध्यक्ष एवम् संघका सदस्य क्याप्टेन देवबहादुर थापा मश्राङ्गीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव रामबहादुर रानाले गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय