भ्यालेन्टाइन डे काे अवसरमा रानीमहलमा प्रेमजोडीलाई स्वागत गरिएको छ । प्रणय दिवसका दिन ‘रानीमहल’मा पुगेका जोडीलाई तानसेन नगरपालिकाकाे आयोजना र नाटा लुम्विनी तथा नाटा पाल्पा च्याप्टरको व्यवस्थापनमा सम्मान गरिएको हो ।

प्रेमको प्रतीकका रहेकाे रानीमहल दरबारमा प्रेमील जोडीहरूले गुलाफको फुल साटासाट गर्दै प्रेमलाई विश्वासमा रहेको छ । रानीमहल पुगेका जोडीको प्रेमजीवन सफलताको कामना गरेका र ऐतिहासिक पर्यटकीय स्थल रानीमहललाई स्थापितसंगै प्रचार गरी पर्यटक तथा प्रेम जोडीलाई आर्कषण गर्न कार्यक्रम आयाजना गरेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयाे । रानीमहललाई ‘प्रेम प्रतीक’ का रुपमा समेत लिने गरिन्छ । पछिल्लो समय प्रणय दिवसका अवसरमा रानीमहलमा प्रेम जोडीहरू जाने गरेका छन् ।

प्रेम दिवसका अवसरमा रानीमहलमा पुग्ने जोडीलाई तानसेन नगरपालिका, नाटा लुम्बिनी र नाटा पाल्पा च्याप्टरले सम्मानसमेत गरेको थियो ।  अहिले सुरुवात भएपनि यसलाई निरन्तरता दिएर थप विकास र विस्तारका लागि तानसेन नगरपालिकाले गुरु योजना नै बनाएर अघि बढ्ने पनि नगर प्रमुख श्रेष्ठले बताउनुभयाे । 

कार्यक्रममा पूर्व मन्त्री एवं लुम्विनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले प्रेम बाँड्दा आपसी सम्बन्ध सुमधुर बन्ने बताउनुभयो । उहाँले मानिसले प्रेम बाँड्न नसक्दा समाज तनावयुक्त बनेको भन्दै तनावबाट मुक्त हुन सबैले प्रेम साट्नुपर्नेमा जोड दिनुभयो । एक आपसको गाँढा प्रेमले मात्रै विश्वमा शान्ति कायम गर्न सहयोग पुग्ने धारणा प्रदेशसभा सदस्य रानाले राख्नुभयो । उहाँले प्रेम मानव जीवनकै लागि महत्व रहेकाे बताउनुभयाे ।

कालीगण्डकी नदीको उत्तर बाहिनीको अवलोकन शिव मन्दिरमा सिक्का दान जस्ता कार्यमा समेत स्वदेशी तथा विदेश पर्यटक आर्कषित भएका थिए । रानीमहलको ब्राण्डिङ् गर्न युगल जोडीहरूलाई सम्मान गरिएको तानसेन नगरपालिकाले जनाएको छ । पाल्पा गैडाका तैनाथवाला सेनापति खड्ग समशेरले आफ्नी रानीको सम्झानामा निर्माण गरेको रानीमहल दरबार पछिल्लो समय संग्रहालय र अध्ययन तथा अवलोकनका लागि समेत देशकै महत्वपूर्ण गन्तव्यका रुपमा विकसित भएको छ । साथै यो दरबारलाई सरकारले देशका एक सय पर्यटकीय गन्तव्यमा समेत समावेश गरेको छ ।

रानीमहल पुग्ने जोडीले शन्त वातारण र प्रमेको निशानीमा पुगेर दिवस मनाउन पाउँदा खुसी लागेको बताएका छन् । सो अवसरमा केही जोडीले फूलका गुच्छासंगै प्रेमका चिनारीका रूपमा अन्य उपहार पनि साटासाट गरेका थिए। रानीमहल पुगेका प्रेम जोडीले महादेव मन्दिरमा प्रेम सफलताको कामना, सिक्का दान तथा एक आपसमा गुलावका फुल साँटासाट गरेका थिए । उनीहरुले धार्मिक रुपमा पृथक मानिएको कालीगण्डकी उत्तर बाहिनीको अवलोकन गरेका नाटा च्याप्टर पाल्पाका अध्यक्ष राजीव शाहले बताउनुभयाे ।


नाटा गण्डकी प्रदेशका अध्यक्ष एवं पोखराका बासिन्दा हरि अधिकारीले ऐतिहासिक महत्वको स्थलमा प्रेम साटासाट गर्न पाउदा आफूलाई खुसी लागेको बताउनुभयो । ‘ऐतिहासिक रानीमहलमा प्रेम साट्न पाउँदा खुसी लागेको छ उहाँले भन्नुभयो । रानीमहलमा पुगेका प्रेमजोडीलाई नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजालीले शव्दसहित स्वागत गर्नुभएको थियो भने धन्यवाद ज्ञापन तानसेन नगरपालिका पर्यटन उपसमितिका संयोजक एवं वडा नं. ६ का अध्यक्ष सागरमान महर्जनले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय