latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

नेपाल रेडक्रस साेसाइटी पाल्पाकाे ४५ साधारण सभा तथा निर्वाचन अधिवेशन हुन गैरहेकाे छ । २०२७ सालमा स्थापना भएकाे रेडक्रस साेसाइटी पाल्पा शाखामा नयाँ नेतृत्वका लागि चार जना आकंक्षी देखिएका छन् ।

निर्वाचन अधिवेशन फागुन १९ गते हुनेछ । रेडक्रस पाल्पाका सभापति बुद्दि प्रसाद शर्माले आफू १२ वर्ष नेतृत्व गरिसकेका कारण अधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बताउँछन् । आगामी नेतृत्वका लागि शाखाका उपसभापति शाेभा शाक्य र कृष्णराज अधिकारी, उपकाेषाध्यक्ष पुष्करराज रेग्मी र मन्त्री केशव पाैडेल चर्चामा रहेका छन् ।

रेग्मीले श्रीनगर उपशाखा तथा अन्य विभिन्न संघसंस्थाकाे नेतृत्वमा रही काम गरेकाेले नेतृत्वका लागि अाफू तयार रहेकाे बताए ।

पाैडेलले राजनीतिक दलहरू बीच सहमति भए जिम्मेबारी लिन तयार भएकाे प्रतिक्रिया दिए । शाक्य र अधिकारीले याेगदान र जेष्ठताका कारण पनि अाफूहरू नेतृत्व पाउनेमा अाशावादी रहेकाे बताए ।

रेडक्रसकाे निर्वाचनका लागि पाल्पामा क्रियाशिल उपशाखाबाट ५, ५ जनाका दरले प्रतिनिधि, जिल्ला शाखाका पदािधकारी र सभापतिले मनाेनयन गरेका ५ जना गरि १ सय १२ जनाले मतदान गर्न पाउनेछन् । हालसम्म दुर्गाबहादुर राना, गणेशमान महर्जन, पूर्णमाया महर्जन र बुद्दिप्रसाद शर्माले शाखाकाे जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय