latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

बिष्णु खनाल
पाल्पा, माघ २०
नेपालको संबिधानमा यौनिक तथा अल्पसंख्यकहरुलाई बिभेद गर्न नपाईने ब्यबस्था रहेपनि त्यो कार्यान्वयन हुन नसेकोमा सहभागीहरुले जोड दिएका छन् ।
शुक्रबार तानसेनमा आयोजित एक कार्याक्रममा सहभागी सबैले यौनिक तथा अल्पसंख्यकहरुलाई नेपालको संबिधानमा ब्यबस्था भए अनुरुपको अधिकार ब्यबहारमा अझैपनि लागु हुन नसकेको बताएका हुन । मोनो सपोटिङ्ग म्यापल ग्रुपको आयोजना ओपन सोसाइटि फाउण्डेसनको सहयोगमा स्थानीय सरकार र मिडियाहरु बीचको पैरबी कार्याक्रममा सहभागीहरु सबैले सो धारणा राखेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यौनिक तथा अल्पसंख्यकहरुलाई तानसेन नगरले आगामी बजेटमा समेट्ने बताउनुभयो । उहाँले यस खालका कार्याक्रम जिल्लामा नै नभएकाले अब नगर सरकारले यौनिक तथा अल्पसंख्यकहरुको माग सम्बोधन गर्ने बताउनुभयो ।
कार्यक्रमककी बिशिष्ठ अतिथी तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले यौनिक तथा अल्पसंख्यकहरुलाई पालिकाले केही समितीमा सहभागी गराएको बताउनुभयो । उहाँले यौनिक तथा अल्पसंख्यकहरुको माग प्रति नगरपालिका सकारात्मक रहेको धारणा राख्नुभयो । उपप्रमुख सिंजालीले तेश्रो लिङ्गीहरुलाई शौचालयमा समेत समस्या हुने गरेकाले नगरपालिकाले शौचालय निर्माण गर्दा पुरुष, महिला र अन्य गरि तीन वटा ढोका सहितको बनाउने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले पत्रकारहरुले समाचार लेख्दा कुनै बर्गलाई चोट पुग्ने गरि समाचार लेख्न नहुने बताउनुभयो । उहाँले सबैको भावनालाई समेट्दै, बिभेदको भावना नराखी समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा ओपन सोसाइटी फाउण्डेसन लुम्बिनी प्रदेश संयोजक रेशम न्यौपानेले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले तेश्रो लिङ्गी भनेको आन्तरिक अनुभुती भएको बताउदै मानिस जन्मदै छोरा वा छोरी नभई बालक वा बालिकाको रुपमा जन्मिने धारणा राख्नुभयो । उहाँले यौनिक तथा अल्पसंख्यकहरु अझै पनि खुल्न नसकेको, संबिधानमा भएका ब्यबस्था कागजमा मात्र सीमित रहेको र सरकारबाट आरक्षण लगायतका सेवा सुबिधा पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले यौनिक तथा अल्पसंख्यकहरुलाई नागरिकतामा समानता, सामाजिक न्याय, लौगिक आधारमा बिभेद गर्न नपाईने कानुनी ब्यबस्था रहेको बताउदै नेपाल दक्षिण एसियामै पहिलो तेश्रो लिङ्गी हक अधिकार संबिधानमा समाबेश भएको देश रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय