latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ १९
पाल्पाको पूर्बखोला गाउँपालिकामा मोतिबिन्दुको निशुल्क शल्यक्रिया सम्पन्न भएको छ ।

शल्यक्रिया कार्याक्रममा ६ सय २६ जनाको आँखा परीक्षण गरिएकोमा ७० जनामा मोतिबिन्दु देखिएपछि निशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ । मोतिबिन्दु देखिएकोमा २२ जनाको कालिगण्डकी आखाँ उपचार केन्द्र रामपुरमा र २५ जनालाई पूर्वखोला गाउँपालिका वडा नम्बर ३ मा निशुल्क मोतीबिन्दुको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो ।

पूर्वखोला गाउँपालिकाको आयोजना र पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनको सहयोगमा मोतिबिन्दुको निशुल्क शल्यक्रिया गरिएको हो । कार्यक्रममा पूर्बखोला गाउँपालिका भित्रका ६ वटै वडाका नागरिकहरुको सहभागीता थियो ।
पछिल्लो समय पाल्पाका स्थानीय तहहरुले ग्रामिण नागरिकको स्वास्थ्यमा ध्यान दिदै यस खालका कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय