latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ १६
पाल्पाको रैनादेबी छहरा गाउँपालिका २ दिगबाट चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रैनादेबी छहरा गाउँपालिका २ दिगका ३८ बर्षिय सोमान सिंह खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सोमबार दिउसो करिब पौने ४ बजेको समयमा घरमा लुकाई छिपाई राखेको अवस्थामा चितुवाको छाला सहित खत्रीलाई इलाका प्रहरी कार्यालय मुझुङ्गले नियन्त्रणमा लिएको हो ।
खत्रीको घरबाट चितुवाको मुख देखी पुच्छरसम्मको ६ फिट २ इन्च र छातीको भागको ३ फिटको छाला फेला पारि थप अनुसन्धानको लागी सब डिभिजन बन कार्यालय हार्थोक बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय