latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

पाल्पा, माघ १६
पाल्पामा सवारी दुर्घटना गराउने नक्कली चालक, चालक र सवारी धनी पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । गएको पुस २४ गते कालिगण्डकी कोरिडोर अन्तरगत रम्भा गाउँपालिका ३ निकिचौरमा भएको ट्याक्टर दुर्घटनामा नक्कली चालक बन्ने रामपुर १० का ३४ बर्षिय भन्सार कुमाल, चालक बगनासकाली ६ का १९ बर्षिय बिबेक थापा भनिने थमन बहादुर थापा र सवारी धनी रम्भा १ का ४१ बर्षिय डिल्लिराम अर्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त दुर्घटनामा रम्भा १ का १७ बर्षिय बिशाल थापाको मृत्यु भएको थियो ।
घटनामा सवारी धनी अर्यालले नक्कली चालक कुमाललाई आर्थिक प्रलोभन देखाई नक्कली चालक बनाएका थिए । कुमाललाई नक्कली चालक बने बापत १ लाख नगद दिने सहमती अनुसार २५ हजार नगद कुमालले बुझेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट म्याद थपि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय