latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ १६
पाल्पामा सवारी दुर्घटना गराउने नक्कली चालक, चालक र सवारी धनी पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । गएको पुस २४ गते कालिगण्डकी कोरिडोर अन्तरगत रम्भा गाउँपालिका ३ निकिचौरमा भएको ट्याक्टर दुर्घटनामा नक्कली चालक बन्ने रामपुर १० का ३४ बर्षिय भन्सार कुमाल, चालक बगनासकाली ६ का १९ बर्षिय बिबेक थापा भनिने थमन बहादुर थापा र सवारी धनी रम्भा १ का ४१ बर्षिय डिल्लिराम अर्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त दुर्घटनामा रम्भा १ का १७ बर्षिय बिशाल थापाको मृत्यु भएको थियो ।
घटनामा सवारी धनी अर्यालले नक्कली चालक कुमाललाई आर्थिक प्रलोभन देखाई नक्कली चालक बनाएका थिए । कुमाललाई नक्कली चालक बने बापत १ लाख नगद दिने सहमती अनुसार २५ हजार नगद कुमालले बुझेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट म्याद थपि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय