latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

बिष्णु खनाल पाल्पा, माघ १५

पाल्पामा १२ जना कुष्ठरोग फेला परेका छन । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाको तानसेन नगरपालिकामा ३ जना, रिब्दिकोट गाउँपालिकामा २ जना, रैनादेबी छहरा गाउँपालिकामा १ जना, बगनासकाली गाउँपालिकामा १ जना, माथागढी गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा १ जना, पुर्बखोला गाउँपालिकामा १ जना र अन्यमा १ जना गरि १२ जना कुष्ठरोग फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसमा ९ पुरुष र ३ महिला रहेका छ्न ।

७० औं बिश्व कुष्ठरोग दिबसको अबसरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले आइतबार कुस्ठरोगीको विवरण सार्बजनिक गरेको हो । स्वास्थ्य कार्यालका पाल्पाका कुष्ठरोग फोकल पर्सन बिश्वनाथ न्यौपानेले कुस्ठरोगका लक्षण, निवारण विधि, नेपाल र पाल्पा जिल्लामा रोगको अबस्थाको बारेमा जानकारी दिनुभयो । कुष्ठरोग लागेपछि शरीर चिलाउने, रातो फुस्रो दाग देखिने र पछि मस्तिष्कमा असर गर्ने हुन्छ । रोग मुख्यतया स्वासको माध्यमबाट सर्ने रोग गर्दछ । अहिले नेपालमा २ हजार २ सय ८५ जना रोगी छन ।

कुष्ठरोग  ढिलो गरि पत्ता लाग्ने भएकाले रोगले सताएपछी मात्र स्वास्थ्य संस्थामा आउने प्रवृत्ति रहेको कुस्ठरोग फोकल पर्सन बिश्वनाथ न्यौपानेले बताउनुभयो । कुष्ठरोग  औसधि सरकारी स्वास्थ्य संस्थामा निसुल्क पाइन्छ । रोगीले ६ महिना देखि एक बर्षसम्म नियमित औसधि सेबनबाट रोग निको हुन्छ । नेपाललाई २०६६ साल माघ ५ गते कुस्ठरोग निवारण भएको घोषणा गरिएको थियो ।

प्रती १० हजारमा एक जनालाइ कुष्ठरोग देखिएको अवस्थालाई कुस्ठरोग निवारण भएको मानिन्छ । नेपालमा पुर्ण रुपमा कुस्ठरोग लागेको थाहा पाइपाइ बिबाह गराउन नपाइने कानुनी ब्यबस्था गरेको छ। तर सरकारले कुष्ठरोग निको भएपछि यातायात खर्चको रूपमा १ हजार रुपैया दिने ब्यबस्था गरेको छ । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका वरिष्ठ जनस्वास्थ्य प्रशाशक डाक्टर राजेन्द्र कुमार गिरीको अध्यक्षता, कार्यक्रम फोकल पर्सन बिश्वनाथ न्यौपाने स्वागत तथा सुचना अधिकारी टिकाराम अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय