latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी रामपुर (पाल्पा), १३ माघ

रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको नया संचालक समिति सदस्य चयन भएको छ । नवगठित समितिकाे अध्यक्षमा गुरुप्रसाद रेग्मी, उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा किर्तिनाथ श्रेष्ठ, काेषाध्यक्षमा दुर्गाप्रसाद ढकाल रहनुभएकाे छ । सदस्यहरुमा राजेन्द्रप्रसाद बस्ताकाेटि, पवित्रा पाैडेल ढकाल, हजिलदिन मिया, बन्दना पाेखरेल, सुर्यप्रसाद खनाल, गाेविन्दप्रसाद देवकोटा, सुशीला रेग्मी, नारायणी सुवेदी, विकास पाैडेल रहनुभएकाे छ । लेखनाथ शर्मा संयाेजक रहेको तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति सदस्य चयन भएको छ । समिति सदस्यमा सुर्यप्रसाद श्रेष्ठ र विजयकुमार श्रेष्ठ रहनुभएकाे छ । समितिकाे कार्यकाल चार वर्षको रहनेछ । नया कार्यसमितिलाई अाज प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन समितिका संयाेजक मुरारीप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य तथा सहकारीका निवर्तमान अध्यक्ष राजुप्रसाद श्रेष्ठ रहनुभएकाे हाे । नवगठित समितिलाई बधाई तथा शुभकामना दिनुहुदै सहकारीकाे जिम्मेवारी पदमा नरहेपनि संस्थाप्रती सहयाेग सधै गर्ने बताउनुभएको छ । प्रदेश सभा सदस्य श्रेष्ठले सबैकाे मेहनत र सहयाेगले संस्था अगाडि बढेको र सबैले एकताका साथ काम गर्न सुझाव दिनुभएको छ । कार्यक्रममा संचालक समितिका निवर्तमान उपाध्यक्ष नगिलाल पाैडेलले संस्थाकाे बिगत र वर्तमान अवस्थाबारे जानकारी दिनुहुदै नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको छ । निवर्तमान काेषाध्यक्ष भाेजराज भट्टराईले पाल्पामै नमुनाका रूपमा लिफ्टसहितको भवन निर्माण गरेको र यश सहकारीलाई नेपालकै नमुना सहकारीकाे रूपमा विकास गर्ने बताउनुभएको छ । निर्वाचन समिति सदस्य पशुपति खनालले संचालन गर्नुभएको कार्यक्रमकाे स्वागत संस्थाका व्यवस्थापक रामप्रसाद अधिकारीले गर्नुभएको थियोे । नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गुरुप्रसाद रेग्मीले अाफुलाई निर्विरोध अध्यक्ष पदमा चयन गराउनुहुने सबैलाई धन्यवाद दिदै संस्थाकाे हितमा रहेर काम गर्ने प्रतीवद्द्ता जनाउनुभएकाे छ । झाेलाबाट सुरु भएको सहकारी अहिले सुबिधा सम्पन्न लिफ्टसहितको भवन निर्माण भई संचालनकाे अन्तिम तयारीमा रहेको छ। नया कार्यसमितिकाे अाज पहिलो बैठक बसेकाे छ । संचालक समिति अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा बैठक बसेकाे छ । बैठकले नया कार्यसमिति सर्वसम्मत निर्वाचित गर्न सहयाेग गराउने निर्वाचन समिति, सल्लाहकार, निर्वतमान संचालक समिति सबैलाई धन्यवाद दिने निर्णय भएको छ । संचालक समितिकाे मासिक बैठक हरेक महिनाकाे ९ गते बस्ने, विभिन्न उपसमिति चयन गर्ने लगायतका विविध विषयमा छलफल भएको छ । बैठककाे संचालन समितिका सचिव किर्तिनाथ श्रेष्ठले गर्नुभएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय