latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शुक्रबार , कार्तिक १४, २०८३

पाल्पा, माघ ११
नेपाल अंग्रेजी भाषाशिक्षक संघ (नेल्टा) गुल्मीको पाँचौ अधिवेशनले सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर बिक्रम श्रीसको अध्यक्षतामा ११ सदस्यीय नयाँकार्यसमितिको निर्बाचन गरेको छ । तमघासमा सम्पन्न जिल्ला सम्मेलनको उद्घाटन गर्दै रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिक्षा विकासको माध्यमबाट समृद्धि ल्याउनका लागि नेल्टाजस्ता संस्था र यसका शिक्षक सदस्यहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । शिक्षाविकास तथा समन्वय इकाई, गुल्मीका प्रमुख लोकनाथ मरासिनीले नेल्टाको गतिविधिबाट अं्रग्रजीविषयको उपलब्धिस्तर बढेको बताउँदै नेल्टासँग सहकार्य गर्न इकाईको नवीनकार्य शीर्षकबाट सहयोग गर्ने बताउनु भयो । त्यस्तै रेसुंगा नगरापालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ज्ञवालीले नेल्टाका गतिविधिबाट जिल्लामा अंग्रेजी शिक्षणमा पुगेको सहयोगकाृ चर्चा गर्नुभयो । कार्यक्रममा नेल्टा लुम्बिनीप्रदेश समितिकावरिष्ठ उपाध्यक्ष गोपालप्रसाद वश्यालले नेल्टाका सम्मेलनहरु, तालिम, कार्यशाला, फेलोशिप आदि गतिविधिमा सदस्यहरुको सक्रिय सहभागिताका लागि आव्हान गर्नुभयो ।
कार्यक्रमको उद्घाटन सत्र समापन पछि वरिष्ठ उपाध्यक्ष वश्यालले अंग्रेजीभाषा शिक्षणका नविनतम प्रबृत्तिहरु शीर्षकमा कार्यशाला प्रस्तुत गर्नुभयो । उहाँले अंग्रेजीभाषाको विश्वब्यापीकरणका सन्दर्भमा स्थानीय विज्ञताको विकास, भाषा शिक्षणमा भाषा र विषयवस्तुको संयोजन, शिक्षणमा सूचनाप्रविधिको उपयोग र ब्लेन्डेड लर्निंग, फ्लिप्ट लर्निंग, कनेक्टिभिजम् जस्ता नवीन शिक्षण विधिका बारेमा अभिमुखीकरण गर्नुभयो ।
भेलाले सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर बिक्रमश्रीसको अध्यक्षतामा ११ सदस्यीयनयाँ कार्यसमिति सर्बसम्मत निर्बाचित गरेको छ । जस्तको उपाध्यक्षमा गणेश अधिकारी, सचिव रामहरि पाण्डे, सहचित टिका खड्का, कोषाध्यक्ष बालसिं खत्री, र सदस्यहरुमा बासुदेव घिमिरे, यज्ञप्रसाद गौतम, रामबहादुर विश्वकर्मा, पुजा ज्ञवाली, सरस्वती भण्डारी र निलम बञ्जाडे रहनुभएको छ ।
निबर्तमानअध्यक्ष कृष्ण प्रसाद मरासिनीको अध्यक्षतामाचलेको कार्यक्रममा सचिव र कोषाध्यक्षका् प्रतिवेदनहरु सर्बसम्मतपारित गर्नुका साथै नेल्टा गुल्मी भोइसनामक जर्नलको प्रकाशन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय