latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ ८
तानसेनको मखनटोलमा मखन सडक खाना महोत्सब हुने भएको छ । तानसेन नगरपालिका वडा नं. ४ को मखनटोल टोल विकास समितिले यही माघ २० गते एक दिने सडक खाना महोत्सव गर्न लागेको हो ।
वडा नं. ४ को आर्थिक सहयोग र मखनटोल टोल विकास संस्थाको समन्वयमा महोत्सब संचालन हुने सडक खाना महोत्सव समितिका संयोजक प्रबिता शाक्यले जानकारी दिनुभयो ।
सडक महोत्सव विगतका वर्षमा कोरोना महामारीले हुन सकेको थिएन । पछिल्लो समय संक्रमणमा कमी आएसंगै पुनः महोत्सवको आयोजना गर्न लागिएको टोल विकास संस्थाले जनाएको छ । मखनटोलमा विगत १० वर्षदेखि सडक खाना महोत्सब मनाउदै आइएको छ ।
महोत्सवमा विभिन्न जातजातिका खानाको कृषिजन्य वस्तुका साथै सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गराइने बताइएको छ । महोत्सवमा ७० वटा स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा आन्तरिक र बाह्य गरि पाँच हजार पर्यटक उपस्थिति गराउने र करिव २५ लाखको कारोबार गर्ने अपेक्षा आयोजक संस्थाले गरेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय