latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

पाल्पा – पाल्पाको तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा गम्भीर घाइते भएकी ८ वर्षीया बालिका साजुदा बानुको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।

एलकेजीमा अध्ययनरत बानु गत साउन ७ गते विद्यालयको चमेना गृहमा खाजा खाने क्रममा अचानक ग्यासको पाइप फुस्किएर भएको आगलागीमा गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल लगिएको थियो।

पारिवारिक स्रोतका अनुसार उपचारकै क्रममा बुधबार दिउँसो उनको निधन भएको हो।

परिवारका एक सदस्यका अनुसार बानुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद बुधबार दिउँसो उनको मृत्यु भयो। उनको बिहिबार पोष्टमार्टम गरि तानसेन ल्याउने बताईएको छ । शोकमा बिहिबार र शुक्रवार मिलेनियम स्कुल विदा गरिएको छ ।

चिकित्सकका अनुसार आगलागीबाट बानुको अनुहार, दुवै हात, छातीको दाहिने भाग तथा कम्मरदेखि पैतालासम्म गरी करिब ३५ प्रतिशत शरीर जलेको थियो।

उक्त घटनामा बानुसँगै खाजा खाइरहेका अन्य दुई जना विद्यार्थी पनि सामान्य घाइते भएका थिए। उनीहरूको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय