पाल्पा साहित्य समाजको आयोजनामा अपाङ्गता भएका भाइबहिनीहरूसँग सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार राजेन्द्र गोपाल सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपाङ्गलाई अभिप्रेरित गर्ने र अपाङ्गका पीडा बोल्ने कविता तथा गीतहरू प्रस्तुत भएका थिए । प्रमुख अतिथि सिंहले भाइबहिनीहरूलाई पारिजात, झमक घिमिरे , हेलन केलर जस्तै सफल बन्नु भनी शुभकामना व्यक्त गरे ।
कार्यक्रममा सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रका स्रष्टाहरू तिर्थ प्रसाद अधिकारी ( गजल ),शिव बहादुर पौडेल ( मुक्तक),इन्द्र थापा मगर ( गीत/ अभिनय ),निशा खडका ( गीत ),निर्मला लम्साल ( गीत ),सुशीला चौधरी ( गीत ),बसन्ती घिमिरे ( गीत ),लेखनाथ ढकाल ( गीत )
र एरिका गुरूङ ( कविता )ले सिर्जना प्रस्तुत गरेका थिए ।



अपाङ्ग विधार्थीहरूलाई प्रोत्साहन गर्ने क्रममा अस्तित्व रेग्मी (गितार गीत),गम्भीर रायमाझी ( कविता ), शारदा ढकाल ( कविता ),इन्दिरा ज्ञवाली ( कविता ),रोहित प्रसाद ज्ञवाली ( गुलेली ),सीताराम घिमिरे ( मुक्तक),पुरूषोत्तम अर्याल ( कविता ),रामप्रसाद अर्याल ( कविता/ हाइकु )र पुष्कर अथक रेग्मी ( शीत/ गीत )
द्वारा समेत सिर्जना वाचन गरिएको थियोे ।
पाल्पा साहित्य समाजले समय सापेक्ष रूपमा विविध साहित्यिक कार्यक्रमहरू संचालन गर्दै आएको छ ।
समाजका कोषाध्यक्ष पुरूषोत्तम अर्यालको स्वागत र संचालनमा भएको कार्यक्रम पासासका अध्यक्ष पुष्कर राज रेग्मीको अध्यक्षतनमा सम्पन्न भएको थियोे ।









