latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा, जेठ १७ – ‘रजस्वला बोल्छ, समाज बदल्छ’ भन्ने मूल नारासहित पाल्पामा महिनावारी मेला–२०८३ सम्पन्न भएको छ। महिनावारी स्वास्थ्यसम्बन्धी भ्रम, संकोच, विभेद र अन्धविश्वास हटाई जनचेतना फैलाउने उद्देश्यले मेला आयोजना गरिएको हो।

रोटर्याक्ट क्लब अफ लुम्बिनी मेडिकल कलेजको ‘रजस्वला’ कार्यक्रमको पाँचौं संस्करण नेपाल हेल्थ कोर्प्स–लुम्बिनी मेडिकल कलेजको सहकार्यमा सञ्चालन गरिएको थियो। एक सातासम्म चलेको अभियानअन्तर्गत विद्यालय, समुदाय र सार्वजनिक स्थानमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएका थिए।

विद्यालय स्वास्थ्य कार्यक्रममार्फत विद्यार्थी तथा किशोरीहरूलाई महिनावारी, पीसीओएस (PCOS) र मेनोपजबारे जानकारी दिइएको थियो। आमासमूहलाई पीसीओएस, मेनोपज तथा पुनः प्रयोग गर्न सकिने प्याड बनाउने तालिमसमेत प्रदान गरिएको थियो।

कार्यक्रमको जानकारी दिन तानसेनमा पत्रकार सम्मेलन गरिएको थियो। साथै, तानसेन बजार क्षेत्रमा फ्ल्यास मोबमार्फत महिनावारी स्वास्थ्यसम्बन्धी सन्देश प्रवाह गरिएको थियो।

अभियानको समापन अवसरमा आयोजित मेलामा जनचेतनामूलक नाटक, नृत्य, अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। मेलाको विशेष आकर्षण ‘कलर्स अफ वुमनहुड’ विषयक फेस आर्ट प्रतियोगिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट तीन जनालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

मेलामा निःशुल्क स्वास्थ्य परीक्षण, महिला प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श, प्याड बनाउने तालिम तथा सचेतनामूलक सामग्री वितरण गरिएको थियो। कार्यक्रममा सहभागीहरूको जिज्ञासाको समाधान गर्न दुई जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकको सहभागिता रहेको थियो।

रोटर्याक्ट क्लब अफ लुम्बिनी मेडिकल कलेजका अध्यक्ष आशुतोष भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सागरमान महर्जन प्रमुख अतिथि रहनुभएको थियो। विभिन्न स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।

आयोजकका अनुसार पाँच वर्षदेखि सञ्चालन हुँदै आएको ‘रजस्वला’ अभियानले महिनावारीलाई प्राकृतिक जैविक प्रक्रियाका रूपमा स्थापित गर्न तथा समाजमा रहेका गलत धारणा र विभेद हटाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय