latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शुक्रबार , कार्तिक १४, २०८३

पाल्पा, बैशाख १५ — पाल्पाको तानसेनमा बैशाख १५ देखि २६ गतेसम्म चौथो न्यू युथ युनियन कप फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ। स्थानीय स्तरमा खेलकुद विकास र युवा प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद विकास समितिका उपाध्यक्ष राजु महर्जनले तानसेनको विकास पर्यटनमार्फत सम्भव रहेको बताउँदै यस्ता प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने बताउनुभयो। विशिष्ट अतिथि तथा क्लबका निवर्तमान अध्यक्ष मनोज लिगलले खेलकुदमार्फत तानसेनको पहिचान सुदृढ हुँदै गएको उल्लेख गर्नुभयो।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समिर मान सिंहले प्रतियोगिताले स्थानीय व्यापार तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणा, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिलसिना लगायतले पनि मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम क्लबका अध्यक्ष तामबहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको हो। आयोजकका अनुसार प्रतियोगिताले खेलकुद, पर्यटन र स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय