latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, चैत १५
पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा समीरमान सिंह निर्वाचित भएका छन् । संघका निवर्तमान महासचिव रहेका सिंहले पाँच सय ७९ मत प्राप्त अध्यक्षमा विजयी भएका हुन् ।
संघको निर्वाचनमा निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराईले पाँच सय ११ मत प्राप्त गरेर उपविजयी भएको निर्वाचन अधिकृत टंक पन्थले बताए । कुल एक हजार एक सय १२ मत खसेको थियो । २२ मत बदर भए । संघको वाणिज्य उपाध्यक्षमा ५३१ मत सहित रञ्जना अर्याल विजयी भईन् । अर्यालको प्रतिद्वन्द्वी सुरेन्द्र कर्माचार्यले ३३६ मत प्राप्त गरे । उद्योग उपाध्यक्षमा मुक्तिराम जिसी निर्विरोध निर्वाचित भएका थिए ।
पाल्पा उद्योग वाणिज्य संघको क्षेत्रगत रुपमा निर्वाचन सम्पन्न भयो । संघको सदस्यहरुमा कमल प्रसाद पाण्डे, जीवन पाण्डे, विदूर घिमिरे, सुरेश गोदार, मोहनबहादुर कुँवर, सविन मल्ल, नारायण पछाई, नारायण न्यौपाने, विनोद नेपाल, विश्व केसी निर्वाचित भए ।
संघको महासचिव, सचिव र कोषाध्यक्षमा भने निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितिले चयन गर्ने व्यवस्था रहेको छ । आगामी तीन वर्ष सिंहको नेतृत्वमा कार्यसमितिले पूर्णता पाएको हो । पाल्पा उद्योग वाणिज्य संघ पाल्पा जिल्लाको उद्योगी व्यापारीको छाता सङ्गठन हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय