latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पाका १ सय २० केन्द्रमा निर्वाचन तयारीमा जुटे कर्मचारी
पाल्पा÷बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पाकाे हेक्लाङ मतदान केन्द्रमा भएकाे विवाद समाधान भएकाे छ । सामाग्री सहित मतदान गराउन पुगेकाे समूहलाइ केन्द्र स्थानान्तरण गर्नका लागि भन्दै गरेकाे अवराेध हटेकाे हाे ।

पूर्वखोला गाउँपालिका वडा नं. ६ हेक्लाङ्ग स्वास्थ्य चौकीमा मतदान केन्द्र स्थानान्तरण गर्न भन्दै गरिएको विवाद भएको थियाे । जिल्ला अनुगमन अधिकृत रहेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले अहिलेलाई स्वास्थ्य चौकीमै केन्द्र राखेर मतदान गराउने सहमति भएको बताए । हेक्लाङ्गका स्थानीयले सोमबार पुगेका कर्मचारीलाई अवरोध गरेपछि जिल्लाका सुरक्षा निकाय सहितको टोली पुगेर समस्या समाधान गरिएको हो ।

याे पनि पढ्नुहाेस्…

पूर्वखाेलाकाे हेक्लाङ केन्द्रमा निर्वाचन सामग्री राख्न स्थानीयको अवरोध

पाल्पामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा ११८ मतदानस्थल रहेकोमा दुई अस्थायी मतदानस्थल थप गर्दै १२० मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । उनी भन्छन्, पाल्पाका दुई अस्थायी मतदान स्थलमा १ हजार ९ सय २३ मतदाता रहेका छन् । जिल्ला कारागार तानसेनका कैदीबन्दी साथै अन्य कर्मचारी र सुरक्षाकर्मीका लागि अस्थायी मतदानस्थल निर्धारण गरिएको शर्माले बताए । दी फेमस महेन्द्र दल गणमा पनि अस्थायी मतदानस्थल तोकिएको छ । जसअन्तर्गत ६९ जना कारागारमा र १ हजार ८ सय ५४ जना महिन्द्र दल गणमा मतदाता रहेका छन् ।
यस पटकको मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न २ हजार बढी कर्मचारी खटिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय