latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनकाे केन्द्र रहेकाे पूर्वखोला गाउँपालिका वडा नं. ६ हेक्लांग स्वास्थ्यचौकीमा भने विवाद उत्पन्न भएको छ । मतदान केन्द्र स्थानान्तरण गर्न स्थानीयले दिएको निवेदनमाथि सुनुवाइ नभएको भन्दै उनीहरूले केन्द्रमा सामग्री राख्न अवरोध गरेका छन् ।

निर्वाचन सामग्री लिएर कर्मचारीहरू पाल्पाका मतदान केन्द्रमा पुगेका छन् । तर, हेक्लाङमा स्थानीयले पायक पर्ने स्थानमा केन्द्र सार्न माग गर्दै यसअघि सम्बन्धित निकायमा निवेदन दिएका थिए । तर, माग सम्बोधन नभएपछि सामग्रीलाई नजिकैको पहिले पनि निर्वाचन हुँदै गरेको स्थान बालहित प्राथमिक विद्यालयमा राख्न माग गरिएको स्थानीय हरिबहादुर बाह्रघरेले सेराेफेराेलाइ बताए । उनी भन्छन्, “स्वास्थ्य सेवा प्रवाह निरन्तर भइरहोस् भन्ने मात्र हाम्रो कुरा हो । यहाँ बर्थिङसेन्टर छ । मतदान केन्द्रको रूपमा प्रयोग गर्दा सेवा अवरुद्ध हुन्छ ।”

सबै निर्वाचन सामग्रीहरू सुरक्षाकर्मीको निगरानीमा सुरक्षित रहेको र आफूहरूले निर्वाचन विथोल्न नचाहेको उनले बताए । “हामीले निर्वाचन विथोल्न खोजेको होइन । धेरै पहिले भएको छलफलको कुराहरू सुनुवाइ होस् भन्ने हो,” उनले भने ।

पूर्वखोला गाउँपालिका-६ हेक्लांग स्वास्थ्यचौकी ‘क’ केन्द्रमा मतदान अधिकृतको रूपमा देविप्रसाद बस्याल र ‘ख’ केन्द्रमा नित्यानन्द खनाल खटिएका छन् । उनीहरूले सम्पूर्ण सामग्रीहरूसहित आफूहरू निर्वाचन अधिकृतको कार्यालयको निर्णयको प्रतिक्षामा बसिरहेको बताएका छन् ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जिल्ला प्रशासन कार्यालय पाल्पामा छलफल भइरहेको बताएका छन् । आज सम्पूर्ण कर्मचारी र सामग्री हेक्लांग स्वास्थ्यचौकीमै बस्ने र मंगलबार सुरक्षा निकायसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर समन्वय हुने सुवेदीले सेराेफेराेलाइ जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय