latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

.भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले जिल्लाका मजदूरहरूलाइ उत्कृष्ट आर्थिक सहयाेग गर्दै आएकाे छ । संघले हालसम्म ८५ लाख ७३ हजार ७ सय ७२ रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।

औषधी उपचारबापत २३ लाख ८४ हजार ५३, दुर्घटना उपचार ७ लाख २९ हजार ९ सय ९५ , सुत्केरी अनुदान एक लाख २२ हजार, बिमा खर्च २३ लाख ८ हजार २ सय ६०, पारिवारिक काजक्रिया ६ लाख ८५ हजार, श्रमिक छात्रवृत्ति बापत २ लाख ३४ हजार ५ सय वितरण गरिएकाे भन्दै संघका अध्यक्ष सुरेश कर्माचार्यले अस्पताल भर्ना तथा खाना खर्च एक लाख ५१ हजार ५ सय २५, एकल महिला भत्ता बापत ३ लाख ८० हजार ५ सय, प्रथमिक दुर्घटना उपचार बापत २ लाख ९६ हजार ५ सय ३९, वृद्धा भत्ता ६ लाख १७ हजार र स्वभाविक मृत्युमा ७ लाख ४० हजार खर्च गरिएको बताए ।

जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था हाे, भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पा । यसै बीच अाइतबार संघले लामो समय निर्माण क्षेत्रमा काम गर्दै आएका स्व. टोपबहादुर विश्वकर्माको परिवारलाई पाँच लाख आर्थिक सहायता प्रदान गरेको छ । संघका अध्यक्ष सुरेश कर्माचार्य, सचिव हुमराज बस्याल र सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाका प्रवन्धक सन्तोष पौड्यालले संयुक्त रुपमा स्व. टोपबहादुरको श्रीमति शोभा वि.क.लाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । निर्माणकर्मी टोपबहादुरको गत चैत २२ गते ५२ वर्षको उमेरमा क्यान्सरका कारण मृत्यु भएको थियो । संघले उनको बिमा गरिदिएको थियो । स्वभाविक मृत्युबापतको राहत रकम संघले विकको परिवारलाई दिएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै संघका अध्यक्ष कर्माचार्यले दुःख र पीडामा रहेको  परिवारलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए । कर्माचार्यले संघमा आवद्ध निर्माणकर्मी, श्रमिकहरुको मृत्यु भएमा स्वभाविक मृत्यु  वापतको रकम दिने गरेको भन्दै सो रकमले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे । उनले भने “हामीले एक जना सहकर्मी गुमाएकोमा दुखी छौं, तर उनको परिवारलाई परेको पीडामा हामी साथ दिन चाहन्छौं, यो पाँच लाख रकम थोरै हुन सक्छ तर यसले परिवारलाई राहत मिल्नुको साथै संघ यहाँहरुसँगै छ भन्ने आभाष दिन्छ भन्ने विश्वास लिएका छौं ।”

संघले निर्माणकर्मी, श्रमिक, मजदुरहरुका लागि औषधि उपचार, दुर्घटना उपचार, सुत्केरी अनुदान, बिमा, पारिवारिक काजक्रिया, श्रमिक छात्रवृत्ति, अस्पताल भर्ना तथा खाना, एकल महिला भत्ता, प्राथमिक दुर्घटना उपचार, वृद्धाभत्ता, स्वभाविक मृत्यु लगायतमा सहायता प्रदान गर्दै आएको अध्यक्ष कर्माचार्यले बताए ।  उनका अनुसार संघले हालसम्म यी क्षेत्रमा

रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपानेले संघले विगतदेखि नै श्रमिकहरुका पीर मर्काहरुमासँगै हातेमालो गर्दै आउनु राम्राे भएकाे बताए । आर्थिक सहयोग रकम पाएपछि टोपबहादुरको श्रीमति शोभा विकले परिवारमा पिडा परेको बेला संघले आर्थिक सहयोग गरेर ठूलो राहत दिएको बताईन् । उनले भनिन्“ सहयोग रकमले घरखर्चसँगै श्रीमानको उपचारमा लागेको ऋण तिर्न ठूलो सहयोग पुग्ने  छ ।” संघका सचिव हुमराज बस्यालले निर्माण कार्यलाई गुणस्तरीय र भूकम्पीय दृष्टिबाट मजबूद भवन निर्माण गर्नुको साथै संघमा आवद्ध रहेका श्रमिक वर्गको हकहितका विषयमा संघ सधैव क्रियाशिल रहँदै आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय