करदाता सेवा कार्यालय पाल्पामा ६० करोड ८१ लाख ९५ हजार ४ सय ७० रुपैयाँ राजस्व सङ्कलन भएकाे छ । गत आर्थिक वर्षमा भन्दा ९ दशमलव ५१ प्रतिशतले बढी राजस्व संकलन भएकाे हाे ।
आर्थिक वर्ष २०८१/०८२ मा ७० करोड २२ लाख ७२ हजार ९७० रुपियाँ सङ्कलनको लक्ष्य रहेकोमा ६० करोड ८१ लाख ९५ हजार ४ सय ७० रुपैयाँ राजस्व सङ्कलन भएकाे करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सन्तोष सुवेदीले बताए । कर अधिकृत सुवेदी भन्छन्, गत आर्थिक वर्षमा लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले ५५ करोड ५३ लाख ५७ हजार ७९० रुपैयाँ राजस्व सङ्कलन भएकाे थियो । सङ्कलन भएको राजस्व लक्ष्यको ७५ प्रतिशत रहेको थियो । गत वर्ष ७० करोड २२ लाख ७२ हजार ९७० रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ८७ प्रतिशत लक्ष्य हासिल भएकाे हाे ।



सङ्कलन भएको राजस्व कार्यालयको स्थापना पश्चात हालसम्मको सबै राजस्व भएकाे करदाता सेवा कार्यालय पाल्पाले जनाएकाे छ । आयकर तर्फ ३२ करोड ९० लाख ५२ हजार २३० रुपैयाँ, मूल्य अभिवृद्धिकर तर्फ २६ करोड ९४ लाख २४ हजार २४० र अन्तशुल्कतर्फ ९७ लाख १९ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले आयकर तर्फ लक्ष्यको ७९ प्रतिशत, मूल्य अभिवृद्धिकर तर्फ लक्ष्यको ९९ प्रतिशत र अन्तशुल्कतर्फ ७६ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
पाल्पा जिल्लाले कर छलीका तीन वटा मुद्दाहरू कानूनी प्रक्रिया अगाडी बढेकाे बताउँदै कर अधिकृत सुवेदी भन्छन्, करप्रति सकरात्मक धारणा बनाउन स्थानीय तह तथा अन्य संघ, संस्थासँग समन्वय गरी करदाता शिक्षा सञ्चालन गरिएकाे बताए । उनले कर तिर्न बाँकी रहेका व्यवसायी तथा नागरिकलाई कर छुटको सुविधा लिनका लागि आग्रह गर्ने, आवश्यक परामर्श प्रदान गर्ने, करदातालाई समयमा कर तिर्न म्यासेज, फोन र सूचना गरेका कारण राजस्व सङ्कलनमा वृद्धि भएको बताए । जिल्लामा ८४ फर्म तथा व्यवसायीहरूकाे व्यवसाय अनुगमन गरिएकाे छ ।








