
रोटरी क्लव अफ पाल्पा तानसेनले युनाईटेड मिसन अस्पताललाई ‘फोहोर पानी उपचार युएमएच परियोजना’ हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ भुटानको ग्लोवल ग्राउन्ड फन्ट अन्तर्गत क्लवले निर्माण गरेको परियोजना अस्पताललाई हस्तान्तरण गरिएको हो ।
करिब ४ करोड २२ लाख लागतमा निर्मित उक्त परियोजना रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ नेपाल भुटानका निवर्तमान गभर्नर राजेन्द्रमान ध्वजुले हस्तान्तरण गरे । भूूसलडाँडा क्षेत्रबाट आएको फोहोर पानी र अस्पताल क्षेत्रबाट आएको फोहोरको छुट्टाछुट्टै पाइप लाइनसँगै सेपटी तथा सफा पानी टंकी निर्माण गरिएको छ । रोटरी इन्टरनेशनलको सहयोगसँगै जिल्लाका सम्पूर्ण सरोकारवालाहरुको सहयोगकै कारण परियोजना सम्पन्न गरिएको क्लवका अध्यक्ष भिमबहादुर श्रेष्ठले बताए । अस्पतालबाट निस्किएको फोहोरयुक्त पानी र घरायसी प्रयोगपछि निस्किएको पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न प्रदूषित पानी उपचार संयन्त्र निर्माण गरिएको उनको भनाई छ । अध्यक्ष श्रेष्ठले भने ‘हामीले खेर गइरहेको फोहोर पानीलाई प्रशोधन गरेर फेरी त्यसलाई उपयोग गर्न सकिन्छ भन्ने लागेर रोटरी इन्टरनेशनलको सहयोगमा दुई वर्ष अगाडि परियोजना अगाडि बढाएका थियौं, आज सबैको सहयोगले उक्त परियोजना सम्पन्न गरी अस्पतालाई हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुसी छौं ।’ रोटरीको १२० वर्ष पुरा भएको अवसरमा नवनिर्मत परियोजनाको संरचना अस्पताललाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा क्लवका उपाध्यक्ष बंकीनचन्द्र खनालले बताए । उनले भने ‘हामीले करिब ४ करोड २२ लाखको लागतमा यो परियोजना तयार पारेका हौं ।’ कार्यक्रममा सहभागीहरुले क्लवले जिल्लामै नमूना परियोजना सञ्चालन गरेकोमा मुक्तकण्ठले प्रसंशा गरेका छन् ।



प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ नेपाल भुटानका निवर्तमान गभर्नर रोटरीयन राजेन्द्रमान ध्वजुले क्लव पाल्पा तानसेनले इमान्दारितापूर्ण समयमै परियोजना सफल बनाएको भन्दै आभार व्यक्त गरे । उनले यस ठाउँको आवश्यकता महसुस गरी क्लवले सक्रियता देखाएकै कारण यहाँ परियोजना सञ्चालन गर्न रोटरी इन्टरनेशनल तयार भएको उल्लेख गरे । युनाइटेड मिसन अस्पतालकी निर्देश डा. रचेल कारखले क्लवले अस्पताललाई परियोजना हस्तान्तरण गरेकोमा धन्यवाद दिर्दै परियोजनाको सहि उपयोग गर्ने बताइन् । कार्यक्रममा रोटरी इन्टरनेशनलका प्रतिनिधि एन व्रिट, इन्जिनियर एट आर्मर, नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादीका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेना, क्लवका संस्थापक अध्यक्ष छत्रराज शाक्य लगायतले क्लवले जिल्लामै नमूना काम गरेको भन्दै अन्य संघसंस्थाहरुले पनि यस्तो कामको अनुसरण गर्नुपर्नेमा वोड दिएका थिए ।
क्लवका अध्यक्ष भिमबहादुर श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बंकीनचन्द्र खनालको स्वागत, निवर्तमान अध्यक्ष यादव सिं कार्कीको धन्यवाद, सचिव विनायक महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो ।