latest
पुष्कर शाहसहित २०० साइकलयात्री पाल्पा आउँदै, मंसिर ५ देखि हेरिटेज राइड  ||    विशेषज्ञ चिकित्सकदेखि एनामली स्क्यानसम्म: २४ घण्टे सेवा लाइफकेयर सञ्चालन  ||    बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||   
मंगलबार , मंग्सिर २, २०८३

म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा रहेको धौलागिरी गा.पा. वडा नं. ४ मा अवस्थित काली गण्डकी नदीको मूख्य सहायक खोलाहरु मध्ये धौलागिरी हिमाल मूख्य उद्गम स्थल रहेको म्याग्दी खोलामा निर्माण गरिने “माथिल्लो म्याग्दी जलविद्युत आयोजना ३७ मे.वा.”मा प्रभु ग्रुप्स अन्र्तगतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले २०% स्वामीत्व लिई रु. ४५ करोड भन्दा बढी लगानी गर्ने भएको छ ।
हाइड्रो इम्पाएर प्रा.लि. मार्पmत निर्माण गरिने सो परियोजनामा स्वपूँजी लगानी गर्ने सम्बन्धी काठमाण्डौको ईन्द्रणी होटलमा एक समारोह का बीच हाइड्रो इम्पाएर प्रा.लि.का अध्यक्ष काजी लामा र प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडका अध्यक्ष भोज कुमार खड्काले संयुक्त रुपमा हस्ताक्षर गरी आयोजना निर्माण गर्ने उद्देश्यले सो सम्झौता गरेका हुन् । यस आयोजनाको निर्माणले नेपाल सरकारले राखेको जलविद्युत क्षेत्रको विकासको लक्ष्य पुरा गर्न विशेष भूमिका खेल्ने विश्वास गरिएको छ ।
यस अघि सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा एभरेष्ट बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र नबिल बैंक गरी ५ वटै बैंकको सह–वित्तीयकरणमा माथिल्लो म्याग्दी जलविद्युत आयोजना ३७ मे.वा. मा रु. ५ अर्व ऋण लगानी गर्ने गरी सम्झौता यही पुस १ गते सम्पन्न गरि सकिएको छ ।
यो आयोजनाको लागत रु. ७६३ करोड हुनेछ । भने यस आयोजनाको निर्माण सम्पन्न हुने मिति चैत्र मसान्त २०८३ रहेको छ । प्रवद्र्धकहरुले रु २३० करोड लगानी गर्नेछन् । यस प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको सार्वजनिक शेयर निष्कासन क्ष्एइ गर्ने सम्पूर्ण कार्य गर्न गत मंसीर २६ गते कम्पनी र कुमारी क्यापिटल बीच सम्झौता भएको छ । यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्बको छ । यस कम्पनीले क्ष्एइ निष्कासन पछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको छ । यो कम्पनी विगत २ वर्षदेखि निरन्तर सञ्चालन मुनाफामा रहेको कम्पनीले जनाएको छ । कम्पनीले हाल हकप्रद शेयर जारी गरेको छ सो शेयरमा आवेदन दिन चाहनुहुने शेयरधनीहरुले कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा. ३२, तिनकुने, काठमाडौंमा कार्यालय समयमा सम्पर्क गरी हकप्रद शेयरमा यहि मितिः २०८१ फागुन २८ गतेका दिनसम्म आवेदन दिन सकिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय