पाल्पा, पुस २१
कुसुम बहुउद्देश्यीय सहकारी संस्था तेस्रो वार्षिक साधरण सभा तथा दोस्रो अधिवेशन तानसेनमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारका सांसद तथा पुर्व मन्त्री वीर बहादुर रानाले साहू माहाजनको दैलोमा चाहार्दै चर्को ब्याजमा कर्जा लिनुपर्ने अवस्था सहकारीकै कारण
अन्त्य भएको बताउनुभयो । उहाँले सहकारीलाई उत्पाद र उद्दमशिलतासँग जोड्ने कुसुमको प्रयास निकै राम्रो भएको बताउनुभयो । पूर्ब मन्त्री रानाले सरकारले जारी गरेको सहकारी अध्यादेशले सहकारीमा देखिएकोसमस्यालाई साधान गर्ने बताउनुभयो ।
कार्यक्रममको विशिष्ट अतिथि जिल्ला सहकारी संघ पाल्पा उपाध्यक्ष शारदा नेपाल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, नेपाल घरेलु तथा साना उद्योग महासंघ पाल्पाका अध्यक्ष कमल ढकाल, तानसेन नगरपालिका वडा नंम्बर ४ कि वडा सदस्य सीता बस्नेत, यूनाईटेण्ट मिसन अस्पतालकी कार्यकारी निर्देशक डा।रचेल कारक, बुटवल स्थित सहकारीका सहजीकरण केन्द्रका फटिक केसी लगायतले केही सहकारीले सम्रग सहकारीको साख गुमाउने अवस्था सिर्जना भएकोमा पाल्पाको विशालबजारमा प्रधान कार्यालय रहेको कुसुम सहकारीले सहकारी क्षेत्रमा नवीन र स्वारोजगार सिर्जना हुने खालको कार्यक्रम ल्याउन सफल भएको बताउुभएको थियो ।
उहाँहरूले सहकारीले जुन लक्ष्य र उदेश्य बोकेर अघि बढेको छ त्यसको पुर्ण सफलता प्राप्त गरोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन सहकारीका अध्यक्ष केशव राज ढकालले प्रस्तुत गर्नु भएको थियो । लेखा सुपेरिवेक्षण समितिका संयोजक राम प्रसाद ढकालले सहकारीको वार्षिक आम्दानी खर्चको विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा गुल्मीको कालिगण्डकी गाउँपालिका स्थित पुर्तिघाट सञ्चालन भएको स्वास्थ्य शिविरमा सहयोग गर्ने स्वास्थ्यकर्मी, देखि संस्थाको विभिन्न तहमा रहेर काम गर्ने ऋषिराम शर्मा, सृष्टि गुप्ता, सुस्मा ढकाल, यमकला बस्याल, मुना ढकाल,प्रेरणा नेपाल, केशवराज ढकाल,बुद्धि सागर बस्याललाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा जगत शेखर ढकाल, मथुरा पराजुली, विनोद ढकाल रेश्मलाल सुवेदी राजकुमार दाहाल, रिमा सोमै, लेखा सुपरिवेक्षण रहेर काम गर्ने राम प्रसाद ढकाल, टिका राम ढकाल , केशव केसीलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।सहकारीले पाल्पालाई प्रधान कार्यालयका रूपमा रहेर गुल्मीका पुर्तिघाट र रूपन्देहीको सुख्खानगरमा रहेर काम गर्दै आएको छ । कुसुम सहकारीका अध्यक्ष केशबराज ढकालको अध्यक्षता र हिरा आचायको संचालनमा सम्पन्न भएको हो ।