latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा) । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठले गरेका हुन् । अध्यक्ष रेग्मीले संस्थाको गतिविधिसहित संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सेयर सदस्यले लाभ लिने खालका रचनात्मक क्रियाकलापमा जोड दिएको जानकारी दिए ।

सभापति श्रेष्ठले अबको युग प्रविधी संग जोडिएको छ, हरेक काम प्रविधीको माध्यमबाट गर्ने भएको हुदा के भईरहेको छ सबै चाहेको बखत बुझ्न र हेर्न सकिने बताए । कागजको पैसाबाट होइन घरमै बसेर भुक्तानी गर्ने प्रविधी भित्रिएको बताउँदै सभापति श्रेष्ठले संस्थाका हरेक काममा सेयर सदस्यले निगरानी गर्ने र सञ्चालक समितिलाई झकझक्याउनुपर्ने अधिकार रहेको बताएका छन् ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सानो पुँजिबाट रकम जम्मा गरेर सुरु गरेको रामपुर वचत तथा ऋण सहकारी संस्था अहिले नमुना सहकारीको रूपमा स्थापित भएको बताए । रामपुर नगरपालिकाले युवा स्वरोजगार व्याज अनुदान कार्यक्रममार्फत २ वर्षका लागि ३० लाखसम्म व्याज अनुदान दिइएको नगर प्रमुख थापाले जानकारी गराउँदै व्याज अनुदानका लागि सहकारीले संस्थागत रूपमा सिफारिस गरेर पठाएमा कार्यक्रममा समावेश गर्ने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले जिल्ला कमिटी सदस्य विष्णुप्रसाद रेग्मी, जिल्ला सहकारी संघ पाल्पाका सदस्य ईश्वरीदेवी खनाल, नेकपा एकीकृत समाजवादी पार्टीका रामपुर नगर कमिटी अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चाका रामपुर अध्यक्ष रामप्रसाद गैरेले सहकारीको मर्म र भावना अनुसार सेयर सदस्यको हितमा रहेर काम गर्न सुझाव दिएका छन् ।

सहिद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामपुर उद्योग वाणिज्य संघका सचिव विनोद श्रेष्ठ, संस्थाका सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष नगिलाल पौडेल, बैंक तथा वित्तीय संस्थाको तर्फबाट ग्लोबल आइएमई बैंक रामपुर शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराई, रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा, सेयर सदस्यको तर्फबाट बिन्दु पोखरेल, रामचन्द्र अर्याल लगायतले बोल्दै कार्यक्रम सफलताको कामना गरेका छन् ।

उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव किर्तिनाथ श्रेष्ठले गरेका हुन् । कार्यक्रममा असल बालवचत कर्ता, नियमित वचतकर्ता, नियमित दैनिक वचतकर्ता, असल ऋणिलाई पुरस्कृत तथा सम्मान गरिएको छ । कार्यक्रममा भाग्यशाली कुपनबाट सेयर सदस्यलाई उपहार प्रदान गरिएको छ । सहभागीलाई सञ्चालक समिति सदस्य हजिल मियाँले धन्यवाद दिएको कार्यक्रममा रामपुर अंग्रेजी आवासिय माविका विद्यार्थीले रमाइलो साँस्कृतिक कार्यक्रम देखाएका थिए ।

लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक हुमनाथ अर्याल, सचिवको प्रतिवेदन सचिव किर्तिनाथ श्रेष्ठ, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष बन्दना पोखेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन बन्दसत्रले पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय