latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, कार्तिक १३

तानसेन नगरपालिका वडा नं. ११ ले भैसीपालक कृषकहरूलाई १० लाख रूपैयाँ अनुदान रकम हस्तान्तरण गरेकाे छ । किसानलाइ दुहुनाे भैंसी पाल्न भन्दै ४० हजार रूपैयाँका दरले २५ जना कृषकहरूलाइ अनुदान रकम हस्तान्तरण गरिएकाे हाे ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले कृषकहरूलाई प्राेत्साहित गर्न अनुदानमा भैंसी उपहार स्वरूप प्रदान गरेकाे बताए । उनी भन्छन्, भैंसी पालनबाट दूध र दुग्धजन्य परिकारहरू उत्पादन, विक्री वितरण गरि आम्दानीकाे स्राेत वृद्धि गर्न सकिने भएकाेले तिहारकाे मुखैमा अनुदान हस्तान्तरण गरिएकाे बताए ।

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिङ्जालीले भैंसी अनुदानलाई सदुपयोग गरि आत्मानिर्भर हुन किसानलाइ आग्रह गर्दै दूधको माग ग्रामीण र शहरी दुवै क्षेत्रमा रहेकाे भन्दै किसानकाे आवश्यकतालाई परिपूर्ति गर्न नगर सरकार लागि परिरहेकाे बताइन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले कृषकहरूलाई राेजगार सिर्जना गरि आर्यआर्जनकाे माध्यमबाट शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा सघाउ पुर्याउन अनुदान हस्तान्तरण गरिएकाे बताए । गाईभैसीबाट उत्पादित हुने दुधकाे विविधिकरण गरि राम्रो आम्दानी समेत गर्न सकिने सम्भावना रहेकाले कृषकहरूले यसतर्फ ध्यान दिई व्यवसायीकमुखी कृषि तथा पशुपालन व्यवसायमा लाग्न उनले आग्रह समेत गरे ।

तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले वडाले न ११ ले नमुना काम गरेकाे बताउदै अन्य वडाहरूले सिकाइलाई अनुसरण गरेरर अगाडि बढ्नुपर्ने बताए वडा न १२ का वडा अध्यक्ष मेजरसिंङ केसीले कार्यक्रमले ग्रामीण परिवेशका ११ वटा वडामा सकारात्मक सन्देश दिएकाे बताए , ग्रामीण भेगका वडाहरूमा कृषि र पशुपालनबाट विकास रेखा काेर्न सकिने सम्भावना रहेकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अन्य वडाले प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने बताए ।

 

तानसेन नगरपालिका वडा न ११ का वडा अध्यक्ष यादबसिङ कार्कीले वडाले आर्थिक बर्ष २०८१/८२ काे कुल बजेटकाे २० प्रतिशत बजेट कृषि तथा पशुपालनमा विनियाेजन गरेको बताए । वडामा कृषि र पशुपालनकाे सम्भावना रहेकाले याे बर्ष २५ वटा भैंसीका लागि कृषककाे मागका आधारमा ४० हजार रूपैयाँका दरले अनुदान प्रदान गरिएको बतार्उ । वडाले गाईभैसी वितरणसँगै बाख्रा, कुखुरा वितरण कार्यक्रम पनि गर्ने बताए ।

नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ मा बजेट बिनियाेजन गरि हाते ट्याक्टर वितरण, माैरी घार वितरण, नापतौल मेसिन हस्तान्तरण, घाँसका बिरुवा वितरण जस्ता कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय