latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

काठमाडौँ । एक महिनामा मात्रै १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै सो बराबर रेमिट्यान्स आप्रवाह भएको हो ।

साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको थियो । योसँगै दुई महिनामा रेमिट्यान्स आप्रवाह  २ खर्ब ६३ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा भएको आप्रवाह अघिल्लो आर्थिक वर्षको दुई महिनामा भएको रेमिट्यान्स आप्रवाहको तुलनामा २२.८० प्रतिशत बराबर हो । त्यसमध्ये डलरमा आएको रेमिट्यान्स १ अर्ब २ करोड रुपैयाँ बराबर रहेको रिपोर्टमा उल्लेख छ ।

दुई महिनाको अवधिमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ । श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि यो अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या श्रम स्वीकृति लिनेको सङ्ख्या ३९ हजार १५२ हुँदा पुनः श्रम स्वीकृति लिने १६ हजार ४२३ थिए । Ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय