latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३
” पाल्पामा नेपाल भाषा साहित्यको इतिहास ” पुस्तककाे लोकार्पण कार्यक्रम सम्पन्न भएकाे छ । राजेन्द्र गोपाल सिंह र पुष्कर अथक रेग्मीद्वारा लिखित पुस्तक पाल्पा साहित्य समाज पाल्पाले प्रकाशनमा ल्याएकाे हाे ।
 १ सय ५९ओैं मोती जयन्तीकाे अवसरमा तानसेन भजन संरक्षण समितिका अध्यक्ष मङ्गलप्रसाद बज्राचार्यकाे प्रमुख आतित्थतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि बज्राचार्यले नेपाल भाषा पछिल्लाे पुस्तामा हराउँदै गएकाे भन्दै यसकाे माैलिकता बचाउन किताब महत्वपूर्ण हुने बताए । कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक एवं लेखक राजेन्द्र गाेपाल सिंहले कृतिमा पाल्पा जिल्लामा नेपाल भाषा तथा साहित्यमा भएका महत्वपूर्ण तिथि, मिति तथा घटनाक्रमहरू सङ्ग्रहित गरिएकाे बताए ।
कार्यक्रममा शुभकामना व्यक्त गर्द् साहित्यकार आर .बी. निश्चल, तुमला बज्राचार्य, बुद्धि प्रसाद शर्मा, निर्मल श्रेष्ठ, मेघराज शर्माले पछिल्लाे पुस्तामा पुस्तान्न्तरण कम हुने गरेकाे नेपाल भाषा र साहित्यकाे इतिहास जगेर्ना हुन कृति महत्वपूर्ण हुने बताए ।
पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीकाे अध्यक्षता, चित्रवलीराम सुवालकाे स्वागत र सविता भट्टराईकाे सञ्चालनमा भएकाे थियाे ।
कृति लव जोशी, शान्ता शाक्य , नीलम ग‍‍ोङ्गल श्रेष्ठ , प्रमी श्रेष्ठ , विनय शाक्य , जीवन श्रेष्ठ , शैलजा श्रेष्ठले प्रकाशनमा ल्याएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय