latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा,असार २
निस्दीमा स्कार्पियो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । निस्दी गाउँपालिकामा डेन्टल सम्बन्धि सिबिर संचालन गरि फर्किने क्रममा जिप दुर्घटनामा परेको हो । आज बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट रामपुर फर्किदै गरेको बा १५ छ ५९४ नम्बरको स्कार्पियो जिप निस्दी– ४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा रामपुर नगरपालिका ५ की २१ बर्षिय डोल्मा खण्डाल, रामपुर ९ की २८ बर्षिय रचना राना, रामपुर ५ की २९ बर्षिय अनिषासिं ठकुरी, रामपुर ५ की २३ बर्षिय ममता श्रेष्ठ, रामपुर ७ की २० बर्षिय सबिना राना, रामपुर ४ की १९ बर्षिय श्रेया रुचाल, रामपुर ५ की १९ बर्षिय दिपा हिस्की मगर, रामपुर ५ का २० बर्षिय मोहन अर्याल र रामपुर ५ कै ३४ बर्षिय शंकर श्रेष्ठ रहेका छन् । घाईतेहरुको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेको अवस्था मध्यम रहेको छ । कच्ची सडक खण्डको बाँयातर्फ भित्तामा ठक्कर खान जाँदा सवारी दुर्घटना भएको बताइएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय